Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

आफ्नै भवनमा चौदण्डीगढी नगरपालिका

.मुकेश कटुवाल
२२ माघ, उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट काम सञ्चालन सुरु गरेको छ । पालिकाको ७ नं. वडा स्थित साकेला चोकमा नव निर्मित आफ्नै प्रशासनिक भवनमा शनिबार सारिएको छ ।

नवनिर्मीत भावन एक वर्षअघि वोल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी निर्माण कार्य शुरु गरेको थियो ।

तीनतले भवनमा विद्युतीय भ¥याङ (लिफ्ट)समेत जडान गरिएको इञ्जिनीयर सन्तोष राईले बताउनुभएको छ ।

नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार उद्घाटन गर्नु भएको हो । भवनमा कूल ५२ वटा आकर्षक कोठाहरु निर्माण गरिएको इञ्जिनीयर राईले बताउनु भयो ।

२०७२ सालमा तत्कालिन बेल्टार–बसाहा नगरपालिका भएको समयमा यही भवन कहाँ कुन ठाउँमा निर्माण गर्ने हो भन्ने विषयमा बेल्टार र बसाहाका स्थानीयबीच विवाद हुँदा त्यसबेला विनियोजन गरिएको बजेट फ्रिज भएको थियो ।

तर २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतसहित विजय हासिल गरेपछि नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि स्थान टुंगो लागेको थियो ।

स्थान टुंगो लागेसँगै नयाँ भवन निर्माणको लागि ठेक्का आह्वान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE