Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, जाजरकोट– नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्। रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए। नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी सुरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी विजयी भएकी छन्। उनी नेकपा एमालेकी सुनिता बोहरालाई २ हजार १३ मतले पछि पार्दै विजयी भएकी हुन्।

नेकपा एमालेकी बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी छन्। नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले चुनावी तालमेल गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE