Date
शुक्र, जेष्ठ ११, २०८१
Fri, May 24, 2024

शिवरात्रिको दिन पशुपति क्षेत्रमा सवारी प्रवेश निषेध, कहाँ कहाँ गरियो डाइभर्ट ?

२४ फागुन,काठमाडौँ-शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको ट्राफिक डाइभर्सन नक्सा

महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा दर्शनार्थीको भीड हुने भएकोले त्यस क्षेत्रबाट चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको हो । पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ ।

पशुपति क्षेत्रमा फागुन २५ मा बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मालवाहक गाडीहरु बिहानै देखी चल्न रोक लगाईएको र यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्नेगरी व्यवस्थापन गरिएको छ ।

मालवाहक सवारी साधनहरु तिनकुने, जोरपाटी स्थित नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन् । पशुपति वरपर जाने मालवाहक सवारीलाई धुम्बाराहिमा मेला अवधिभर कुर्नुपर्नेगरी ट्राफिक व्यवस्थापन योजना लागु गरिएको छ । कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक गाडीहरु जडिबुटीबाट काँडाघारी हुँदै संचालन गर्न दिइने छ ।

पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङ स्थल तोकिएको छ । दर्शनार्थीहरुले सिफल चौरमा आफ्नो सवारीसाधन राख्न पाउँछन् । भण्डारखालमा सरकारी सवारी र सुरक्षाकर्मीका सवारी पार्किङ गर्न पाइने छ । तिलगंगाको खाली ठाउँ र करिडोरमा तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी पार्किङ गर्न मिल्नेगरी पार्किङ स्थल निर्धारण गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE