Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैँकले आइतबार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरो एकको […]

बागमतीमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

बागमती – बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ। यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। डेंगीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा […]

इरानमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको मृत्यु

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ। रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै भवनहरूबाट शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो।’ इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार […]

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

काठमाडौँ – नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली […]

रानीकोटबाट यस्तो देखियाे काठमाडौँ (फोटोफिचर)

काठमाडौं – रानीकोट । नाम नै काफी छ । काठमाडौंबाट नजिकको गन्तव्य । सूर्यविनायक चोकबाट उक्लिएपछि सहजै पुगिन्छ । चारैतिर घना जंगल । माझमा अग्लिएको डाँडा । यो डाँडामा पाइला टेकेपछि तपाईंको मन उमंगित हुनेछ । किनभने यहाँबाट देखिने आसपासका दृश्यहरुले तपाईंलाई मोहित तुल्याउनेछ । चारैतिर हिम चुचुरो, आफु उभिएको सतहभन्दा तल लमतन्न काठमाडौं उपत्यका […]

१५ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौँ – बंगलादेशमा चलिरहेको १५ वर्ष मुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ । नेपालले बंगलादेशलाई १–० गोलले हरायो । नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ । बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान पुछारमा छ । आफ्नो […]

कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, ५ वर्षभित्र गरिबी हटाउने

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर प्रतिबद्धता सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जसपाले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले […]

इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार

एजेन्सी – गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। खानको खुट्टामा गोली लागेको छ । खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १० […]

बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

काठमाडौं – चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन् । काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशिला […]