Author: Sawal Media
आइपिएल : मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित
१३ असोज काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । पर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ । यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ । यस अघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर […]
बैंकको व्यवहार मन नपरे राष्ट्र बैंकमा उजुरी पाइने
१३ असोज काठमाडौँ – बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको छ । कार्यविधि अनुसार बैंक तथा वित्तीय […]
छोरी बलात्कार गर्ने बाबु पक्राउ
१२ असोज काठमाडौँ – आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते […]
नेप्सेमा झिनो गिरावट
१२ असोज काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता […]
काठमाडौं उपत्यकामा सोमबार ८ सय १७ संक्रमित थपिए
१२ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३२ र […]
पछिल्लो २४ घण्टामा ७ सय ४२ संक्रमित निको भए
१२ असोज काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ५४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल […]
सोमबार १ हजार ३ सय ५१ संक्रमित थपिए
१२ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
कोरोना भाइरस सुरक्षा भत्ता : किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने !
१२ असोज काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रिपरिष्दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ। हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको […]
निजी अस्पतालहरुले सरकारको निर्देशन नमान्ने
१२ असोज काठमाडौं – निजी अस्पतालका प्रयोगशालाहरुले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा गरेका छन् । सरकारले यसअघि कोरोना परीक्षणको शुल्क २ हजार मात्रै लिन निर्देशन दिएको छ । तर सरकारको निर्देशन पालना अबज्ञा गर्दै निजी अस्पातालहरुले सरकारले तोकेको भन्दा १८९९ रपैयाँ बढी लिने घोषणा गरेका हुन । ८ ओटा निजी अस्पातालहरुले सो घोषणा […]
भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
१२ असोज काठमाडौँ भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको […]



