Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

एकैदिन १ हजार ५ सय १३ संक्रमित थपिए

१३ असोज काठमाडौं  – मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

हिजोआज बत्ती किन जान्छ

१३ असोज काठमाडौँ – नेपाल विद्युत्‌ प्राधिकरणले मर्मतसम्भार गर्न भन्दै ठाउँ(ठाउँमा केही समयका लागि बिजुली काट्ने गरिएको सूचना दिने गरेको छ। प्राधिकरणका अनुसार पछिल्लो पटक मङ्गलवार भूमिगत तार फेर्न भन्दै काठमाडौँ बानेश्वर र सिंहदरबार क्षेत्र लगायतका स्थानमा बिहान ७ बजेदेखि ९स्३० बजेसम्म विद्युत्‌ आपूर्ति अवरुद्ध भएको थियो। आइतवार काठमाडौँकै लैनचौरस्थित प्राधिकरणको सबस्टेशनको एउटा प्यानल बोर्डभित्र […]

बढ्न थाल्यो उपत्यकामा भीडभाड

१३ असोज काठमाडौँ – कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले […]

कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख नाघ्यो

१३ असोज काठमाडौँ – कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले […]

काठमाडौं उपत्यकामा जोरबिजोर कडाई

१३ असाेज काठमाडाैँ – सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो। जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । अनुसार राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती […]

नार्कोटिक्स दीपिकाले भनिन् : ‘माल’ भनेको ड्रग्स होइन ‘सिगरेट’ हो

१३ असाेज  काठमाडौं – अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् । नार्कोटिक्स विभागको सोधपुछमा उनले च्याट गरेको स्वीकार गरेकी छन् । तर, आफूले च्याटमा ‘माल’ भनेको ड्रग्स नभएर ‘सिगरेट’ भएको बताएकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन् […]

सर्वोच्च अदालतको आदेश : ५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू

१३ असोज काठमाडौं – सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका […]

ग्राउन्ड ह्यान्डलिङबाट हुने कमाइ देखेर चलखेल, वायुसेवा डुबाउने खेल

१३ असोज  काठमाडौँ, नेपाल वायु सेवा निगमको एउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले हवाई माफियाहरुले आँखा लगाइरहेका छन्। ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त रकमबाट वार्षिक ६० देखि ७० करोड रुपैयाँ रोयल्टीको रुपमा प्राधिकरणलाई र सरकारलाई भ्याट बुझाउँदै आएको निगमको कर्मचारीसँगको भनाई छ। यही रकममा हवाई माफियाहरुले आँखा गाडेको संघको दावी छ। उक्त […]

नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जनालाई पक्राउ गर्न पत्राचार

१३ असोज काठमाडौँ-  वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो । विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र ५० भन्दा बढी व्यक्तिलाई […]

आज बिहान ७ बजेदेखि काठमाडौंका यी स्थानमा बिजुली जाने

१३ असोज  काठमाडौँ – विद्युत मर्मतका लागि आज अहिले बिहना ७ बजे काठमाडौँका विभिन्न स्थानमा विद्युत बन्द गरिने भएको छ । आज (मंगलबार) बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको हो । नेपाल विद्य्त् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने […]