Author: Sawal Media
अमेरिकामा प्रतिमिनेट र हाम्रो देशमा प्रतिदिन बराबर संख्यामा बलात्कार हुन्छ : गृहमन्त्री थापा
१४ असोज काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले विश्वका अन्य देशको तुलनामा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको बताउनुभएको छ । उहाँले सोमबार (आज) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विश्वका सवा दुई सय देशको अवस्थालाई विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको बताउनुभएको हो । त्यस्तै, उहाँले नेपालमा प्रत्येक दिन ६र७ वटा बलात्कारको घटना […]
काठमाडौं उपत्यकामा बुधबार ९ सय २ संक्रमित थपिए
१४ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ९७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १२ जना संक्रमित […]
एकैदिन १ हजार ५ सय ५९ संक्रमित थपिए
१४ असोज काठमाडौं – मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने
काठमाडौँ – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्ने भएका छन् । अक्टोबर ४ देखि ८ सम्ममा उनले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।” […]
भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता
१४ असोज काठमाडौँ – नगरलाई दूधमा आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता दिँदै छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्नेले दर्ता गरेको भैँसी फार्म एवं कृषकलाई भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने भएको हो । नगरपालिकाले कार्यविधि नै बनाएर चालु आर्थिक वर्षमा ६० भैँसीधनीलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारी गरेको छ […]
सरकार विरुद्ध सडकमा उत्रिने देउवा समुहको तयारी
१४ असोज काठमाडौं। नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बारे धारणा बनाउन आज सभापति शेर बहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बसेको थियो। उक्त बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेल बुझाएको ज्ञापनपत्रको बारेमा बुदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रीय समितिमा स्पष्ट पर्ने निर्णय गरिएको छ । बैठकमा […]
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला
१४ असोज काठमाडौँ – कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै […]
रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते
१४ असोज रौतहट – बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन् । मृत्युहुनेमा चन्द्रपुर नगरपालिका वडानम्बर ६ बस्ने २४ वर्षीय संगम भण्डारी रहेका छन् । मंगलबार बिहान ८ बजेतिर सोही स्थानमा बस्ने मृतक संगम भण्डारी, हरि खड्का, गुन्जेश्वर राना र सुदिप थापाको समुह रंगपुर साझेदारी वनमा घाँस काट्न गएकोमा […]
सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो
१४ असोज काठमाडौँ – नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार […]
वामदेवको योग्यतामाथि उठेको प्रश्न सुनुवाइका गठन भयो संवैधानिक इजलास
१४ असोज काठमाडौं – राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै छुट्टाछुट्टै रिट हालेका थिए । अब गौतम विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको […]



