Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

१४ असोज  काठमाडौँ – उपप्रधानमन्त्री  ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीचको घनिष्ठ एवं  मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा […]

रोकिएन नेपाल डुबाउने भारतीय बाँधको निमार्ण कार्य

रौतहट – रौतहटको ईशनाथ नगरपालिका -१ स्थित बन्जरहामा दशगजा क्षेत्रमा भारतले बाँध अग्लो बनाउने कार्यलाई झन तिव्रता दिएको छ । सो बाँध निमार्ण र त्यसको कारणले नेपाली भूभाग डुबानमा पर्ने बारेमा विभिन्न संचारमाध्यममा समाचार प्रशारण/प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले सो क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो क्रममा दुबै देशका अधिकारी बीचमा […]

बनेपामा एकैदिन दुईजनाले गरे ‘आत्महत्या’

१४ असोज काठमाडौँ – काभ्रेको बनेपामा दुईजनाले झुन्डिएर ‘आत्महत्या’ गरेका छन् । इलाका प्रहरी कार्यालय बनेपाकाअनुसार बनेपा नगरपालिका–११ का ५५ वर्षीय खोलप्रसाद दाहाल र बनेपा–८ का ३५ वर्षीय मञ्जिल पोटेले बुधबार आत्महत्या गरेका हुन् । दाहालले बनेपा–६ को चण्डेश्वरी जंगलमा काफलको रुखमा जुटको डोरी पासो लगाएर तथा पोटेले कोठाको पंखामा खादाको पासो लगाइ आत्महत्या गरेका इलाका […]

घाँटी रेटेर आत्महत्या प्रयास गरेका बुटवलका कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असोज बुटवल – आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् । असोज १२ गते घरमा आफैंले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन […]

नमोबुद्धका विपन्नलाई तेस्रो चरणको राहत

१४ असोज  काठमाडौँ – नमोबुद्ध नगरपालिकामा विपन्न परिवारलाई राहत वितरणको तेस्रो चरणको राहत प्याकेज शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका ३६३ विपन्न परिवारलाई दाताको सहयोगमा नगरमार्फत राहत वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण शुरु भएयता तेस्रो चरणको राहत वितरण भइरहेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । “कोरोना सङ्क्रमण […]

धनुषामा बडादशैँमा भीडभाडका क्रियाकलाप र बोकाबलि निषेध

१४ असोज काठमाडौँ – यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो  । कार्यालयद्वारा जारी सूचनामा  परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । बैठकमा प्रदेशसभा […]

मङ्गल ग्रहः तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी,

काठमाडौँ – मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्। जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ। तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित […]

वामदेवको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार फेरि सुनुवाइ

१४ असोज काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ । बुधबार बहस गर्दा गर्दै समय सकिएकाले पर्सी शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै […]

पेप्सिकोलामा रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास सिलिन्डर विस्फोट, पाँचजना घाइते

 १४ असोज  काठमाडौं – पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।   महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मीना खड्का छन् । घाइतेहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । ग्यास विस्फोटबाट कृष्ण कार्कीको घरमा क्षति पुगेको छ । खाजा बनाउनका […]

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

१४ असाेज काठमाडाैँ – कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ […]