मङ्गल ग्रहः तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी,
काठमाडौँ – मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।
जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ। तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ।
अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए। त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन।
भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन। विविसीबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE