Author: Sawal Media
कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने
१४ असोज काठमाडौं – रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले […]
सीमा विवाद : प्रमाण जुटाउँदै विज्ञ टोली, असोजभित्रै सरकारलाई प्रतिवेदन बुझाउने
१४ असोज काठमाडौं – नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ । सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य र खोजहरूको अध्ययन गरेर असोजभित्रै प्रतिवेदन बुझाउने गरी नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक डा। विष्णुराज उप्रेतीको संयोजकत्वमा बनेको ९ सदस्यीय समिति जुटिरहेको छ । […]
ओली र प्रचण्डका आ-आफ्नै दाउपेच
१४ असोज काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगातार छलफलमा जुटे पनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय हुन सकेको छैन। उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुँदै आएको छ। बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले […]
दसैं नजिकियोः व्यापारीले ठग्न थाले उपभोक्ता
१४ असोज काठमाडौँ – दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । […]
खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा
१४ असाेज एजेन्सी – कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु […]
कोटेश्वर–जडिबुटी सडक विस्तारको तयारी
१४ असोज काठमाडौं काठमाडौं उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ ।यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । डिभिजन सडक कार्यालय काठमाडौँले गत महिनादेखि सडकका दुबैतर्फको निर्माणस्थल खाली गरिरहेको […]
नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा निर्वाचित
१३ असोज काठमाडौँ – नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । साथै सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काज्यूको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारी वर्ग हक हित तथा दुई देशबिच […]
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो
१३ असोज काठमाडौं – पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय ९१ नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, वागमति प्रदेशको काठमडौंमा ५७ वर्षीया […]
बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
१३ असोज काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताउनुभयो । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु […]
काठमाडौं उपत्यकामा मंगलबार ९ सय ३४ संक्रमित थपिए
१३ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना […]



