Author: Sawal Media
भागबन्डा मिलाउनको लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’
१२ असोज काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका […]
मन्त्रिपरिषद् पुनर्गठनमा एकले अर्कोलाई कमजोर पार्ने खेल, भागबण्डा मिलाउनै सकस
१२ असोज काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सरकारमा मन्त्रीहरु राख्ने र हिटाउने काम गर्दै आएका छन् । अहिलेसम्म जाने र आउनेहरु सामान्य प्रक्रियाबाट भएका छन् । अर्थात् राख्न पनि ओलीले आफ्नो दमले तर फाल्न पनि आफ्नो दमले नै फाले । कोही भ्रष्टाचारमा फसे । तर अबको मापदण्ड के हुने भन्नेमै किचलो देखिएको […]
हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन भन्दै चिनियाँ सेनाले स्थलगत अध्ययनमा गएको नेपाली टोलीलाई फर्काइ दियो
७ असोज काठमाण्डौँ – चिनियाँ पाक्षले नेपालको भूमिमा नभई आफ्नै भुमिमा भवन बनाएको दाबी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले आफ्नै भूमिमा भवन बनाएको दाबी गरेको हो । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी […]
तथ्यहीन र झुटा समाचार सञ्चारहरुलाई प्रेस काउन्सिलले ध्यान दिनु पर्छ : राष्ट्रपति भण्डारी
६ असोज काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति ध्यानाकर्ष गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार प्रकाशन तथा प्रशारण भइरहेकोमा प्रेस काउन्सिलले निगरानी गर्नु पर्ने बताउनुभयो । […]
सुन र चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदै छ कारोबार
६ असोज काठमाडाैँ – सुनको मूल्य एकै दिन भारी गिरावट आएको छ । सोमबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । एकै दिन सुन प्रति तोला १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको […]
ओखलढुंगा अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा डाक्टर केसीको समर्थनमा प्रदर्शन
६ असोज काठमाडौं – जिल्ला अस्पताल ओखलढुंगाका स्वास्थ्यकर्मीहरुले डाक्टर गोविन्द केसीको १९ औं अनशनलाई समर्थन गरेका छन् । केसीको जीवनरक्षा गर्दै राजनीतिक हस्तक्षेप बन्द गर्न र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् । डाक्टर केसीले माग पूरा नभएसम्म अनशन नटुंगिने अडान कायम राख्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल […]
बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित
५ असोज काठमाडौँ – महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहनुभएकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित हुनुभएको हो । उहा“ राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । जनसङ्ख्या र विकासका लागि अन्तर्राष्ट्रिय […]
खुर्पा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या
५ अजोज नवलपरासी – नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले […]
गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
५ असोज काठमाडौं – प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँग […]
गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?
५ असोज काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने […]



