पत्रपत्रिका
ओलीले भने-म बैठकमा आउँदिन, दुर्लभ मोडमा पुग्यो सत्तारुढ नेकपा
१७ मंसिर काठमाडौं– प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन्। त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले […]
देशैभर विमानस्थल विस्तार र स्तरोन्नतिमा सरकारको ध्यान
१७ मंसिर काठमाडौँ – सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो । यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको […]
मृत्युपछि डायलासिस पालो
झापा, १६ मंसिर । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्। काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी […]
लयमा फर्कंदै ठमेल र दरबार मार्ग
१६ मंसिर काठमाडौँ – कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् । रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि […]
अब बीस मिनेटमै कोरोना परीक्षण !
१६ मंसिर काठमाडौँ – सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम […]
ओलीलाई एक्ल्याउनुपर्ने प्रचण्ड-नेपाल पक्षीय भेलाको निष्कर्ष
मंसिर १५, काठमाडौं – सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आआफ्ना गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्। यसै क्रममा इटहरीमा आयोजित दाहाल(नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ। इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका […]
वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका डाक्टर नक्कली
१५ मंसिर काठमाडौँ – चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ । विभागको विराटनगर टोलीले गरेको अनुगमनका […]
दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित
१५ मंसिर काठमाडौँ – पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल जानुप९यो। आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन्। कारण, घरबेटी र छिमेकीको डर। […]
ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष
१३ मंसिर काठमाडौं – सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्। यसैक्रममा इटहरीमा आयोजित दाहाल(नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेका छन्। इटहरीको एक होटलमा मोरङ जिल्लाभरीका प्रदेश […]
‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’
१२ मंसिर । काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान […]



