Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

पत्रपत्रिका

सचिवालय बैठकमा महासचिवको ‘सरप्राइज प्रस्ताव’ ‘सबैले राजीनामा दिऔं’

४ कात्तिक  काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० महासचिव विष्णु पौडेलले नेतृत्व असफल भएको भन्दै सचिवालयका सबै सदस्यले सामूहिक राजीना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सञ्चालनका क्रममा महासचिव पौडेलले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी […]

समीकरण ‘भत्काउने’ प्रधानमन्त्री ओलीको प्रयास कति सफल ?

३ मंसिर काठमाडौँ गम्भीर आरोप र अप्रत्यक्षरुपमा राजीनामाकै माग गरेर अध्यक्ष पुष्पकमल दाहालले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि दबाबमा आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको पछिल्लो समीकरण भत्काउने कोसिस जारी राखेका छन् । मंगलबार साँझसम्म आन्तरिक समीकरण भत्काउने उनको प्रयास सफल भएको स्पष्ट संकेत भने आइसकेको छैन । बरु, पार्टीका दुई अध्यक्षबीच […]

तिहार र छठपछि उपत्यकामा कडा लकडाउनको तयारी !

२७ कात्तिक काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको […]

उरै नाकाबाट जडीबुटी र वन्यजन्तुको खुलेआम तस्करी

२६ कात्तिक काठमाडौँ – चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन । बझाङको उरै नाका हुँदै तस्करी गरिएका जडीबुटी भण्डारणका लागि सीमापारि बनाइएका क्याम्प । भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर […]

मलेसियामा कामदार लैजाने योजना अनिश्‍चित

२४ कात्तिक काठमाडौँ – नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म […]

पार्टीबाटै सरकारलाई असहयोग भयो :प्रधानमन्त्री

२४ कात्तिक काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुुभयो । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि […]

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

२३ कात्तिक काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले […]

कोरोना उपचारमा नयाँ नीतिको गृहकार्य

२३ कात्तिक काठमाडौँ – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर […]

तिहारलगत्तै त्रिविका परीक्षाः विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिने तयारी

२२ कात्तिक काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा। पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र […]

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

२२ कात्तिक काठमाडौं – देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ […]