Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच

२२ असोज काठमाडौँ – उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। […]

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

२२ असोज  काठमाडौं – नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने […]

नेपालीको औसत तलब २० हजार मात्रै

२१ असोज  काठमाडौँ – नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो । हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको […]

विप्लव सैन्य तालिममा व्यस्त

२१ असोज काठमाडौँ – मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । […]

एकै दिनमा फेरि तातोपानी नाका बन्द

२१ असोज काठमाडौँ व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको […]

कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी

२१ असोज काठमाडौँ -नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९।६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । नेपालमा ५० […]

जबरजस्ती करणी मुद्दा फिर्ता लिन १० लाख रुपैयाँ

२० असोज काठमाडौँ  – जबरजस्ती करणी मुद्दामा पीडितलाई विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी महलामा मुद्दा दर्ता भएपछि विभिन्न प्रलोभन आउन थालेको छ । भंगहा नगरपालिका ९ का […]

कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने

२० असोज काठमाडौं – नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको छ। साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ। प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका […]

युवराज खतिवडाको बहिर्गमनपछि अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च

१९ असोज काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहना […]

उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

१९ असोज काठमाडौं – कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद […]