Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

१२ असोज  काठमाडौँ – सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ। अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने […]

भागबन्डा मिलाउनको लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

१२ असोज काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका […]

मन्त्रिपरिषद् पुनर्गठनमा एकले अर्कोलाई कमजोर पार्ने खेल, भागबण्डा मिलाउनै सकस

१२ असोज  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सरकारमा मन्त्रीहरु राख्ने र हिटाउने काम गर्दै आएका छन् । अहिलेसम्म जाने र आउनेहरु सामान्य प्रक्रियाबाट भएका छन् । अर्थात् राख्न पनि ओलीले आफ्नो दमले तर फाल्न पनि आफ्नो दमले नै फाले । कोही भ्रष्टाचारमा फसे । तर अबको मापदण्ड के हुने भन्नेमै किचलो देखिएको […]

निजी प्रयोगशालाले टेरेनन् सरकारकाे निर्देशन, घटाएनन् पीसीआर शुल्क

११ असोज काठमाडौँ  – सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको थियो । तर निजी ल्याबहरूले भदौ १५ मा […]

दबाबमा प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन तयारी

१० असोज  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्ने […]

दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

 १० असोज   काठमाडौँ – लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि […]

अन्ततः खुल्यो लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

१० असोज  काठमाडौं – कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन […]

कुलमान घिसिङलाई नै प्राधिकरण कार्यकारी निर्देशकमा नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा

९ असोज काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिनुभएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले प्राधिकरणमा निवर्तमान […]

दलित वस्तीका ६ सहाराविहीन बालिका एसओएसको सहारामा

८ असोज काठमाडौँ – बैतडीको दरशथ चन्द नगरपालिका– १०, सतपाली गाउँको दलित वस्तीका छजना असहाय दिदीबहिनीका बारेमा समाचार प्रकाशित भएपछि बालबालिकाले शिक्षा र सुरक्षासहितको संरक्षण पाएका छन् । बालबालिकालको शिक्षा र सुरक्षाको जिम्मेवारी एसओएस बालग्राम नेपाल, बनेपाले लिएको छ । बिहीबार छजना असहाय बालबालिलाई बैतडीबाट काठमाडौं पठाइएको छ । बालकालिकालाई बैतडीबाट काठमाडौं लैजान एसओएस बालग्राम […]

ठेकेदारप्रति कठोर बन्दै सरकार

८  असोज काठमाडौँ  –  सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको छ । यसबाट सरकार सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीप्रति कठोर बन्ने संकेत मिलेको छ । विभागका […]