पत्रपत्रिका
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता
८ असोज काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ रेलमार्गको बृहत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चिनियाँ पक्षले नेपाललाई ताकेता गरिरहेको छ । उक्त […]
कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी
८ असोज काठमाडौं – नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र […]
वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’
७ असोज काठमाडौँ – सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै […]
केरुङमै रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित
६ असोज काठमाडौँ – चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री […]
जुम्ला छाडेका डा. केसी नेपालगन्जमा : आज काठमाडौं आउँदै
६ असोज काठमाडौँ – स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् । सोमबार नेपालगन्ज आएका डा . केसी मंगलबार काठमाडौं पुग्दै छन् । उनलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ । डा. केसी नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल […]
गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
५ असोज काठमाडौं – प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रिट निवेदन दायर गर्ने वा दरपीठ गर्ने भन्ने सम्बन्धमा विचाराधीन अवस्थामा छन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँग […]
गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?
५ असोज काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने […]
बजार चलायमान हुँदै : व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ
५ असोज काठमाडौं – अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् […]
काठमाडौँका ५ सय कोराना संक्रमित सम्पर्कविहीन
२ असोज काठमाडौं – राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा […]
हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने
२ असोज काठमाडौं – कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन् । सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका […]



