पत्रपत्रिका
डा. केसीको १९ औँ अनसुन जुम्लामा सुरु
२९ भाद्र काठमाडौँ चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन् । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए […]
जग्गा कित्ताकाट तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
२९ भाद्र काठमाडौँ—सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको […]
समयमा मल आयात नगर्ने दुई कम्पनीमाथि कारबाही अघि नबढाउन उच्च अदालतका आदेश
२९ भाद्र काठमाडौँ—उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो । ‘आज आदेश भइहाल्यो, भोलि एकदिन हो, पर्सी दुवै […]
कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरु भन्छन दुई हजार रुपैयाँमा परीक्षण गर्न सकिदैन
२९ भाद्र काठमाडौँ—कोरोना भाइरसको संक्रमण रहेरनरहेको पुष्टि गर्न गरिने आरटी–पीसीआर परीक्षण गर्ने अनुमति पाएका १३ मध्ये १२ वटा निजी प्रयोगशालाहरुले सरकारले आइताबार घटाएर कायम गरेको शुल्क २ हजार रुपैयाँमा परीक्षण गर्न नसक्ने बताएका छन् । सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको […]
आरडीटी जस्तै द्रुत एन्टिजेन परीक्षण निर्देशिका स्वीकृत गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
२५ भाद्र काठमाडौँ—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भएरनभएको पत्ता लगाउनका लागि द्रुत एन्टिजेन परीक्षण किटलाई स्विकृती दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको एन्टिजेन परीक्षणको निर्देशिकालाई परिमार्जनसहित स्विकृत गर्ने निर्णय मन्त्रालयले गरेको हो । उनका अनुसार पीसीआर महंगो, परीक्षण विधि लामो र रिपोर्ट आउन पनि […]
खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने, पीसीआर रिपोर्ट नेगेटिभ हुनैपर्ने
२६, भाद्र काठमाडौँ—सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री […]
भीरबाट लडेर आमा र गर्भे शिशुको मृत्यु
२५ भाद्र काठमाडौँ – सिन्धुपाल्चोक जुगल गाउँपालिका –५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीकाअनुसार भीरबाट लडेर तामाङको पेट […]
सपनाले थिचेको त्यो दिन
कृष्णा चौलागाईं ठेस लागेको ठाँउ अझै पार गर्न सकेको रहेनछु । आजकै दिन समय सायद मध्यान्न १२ः१५ जति भएको थियो होला । एउटा सपनाको पखेटा चुडिएको थियो । जस्लाई जोड्नको लागि मैले त्यसपछि कहिल्यै आट समेत राख्न सकिनछु । गत वर्ष अंग्रेजी मिति अनुसार आजको दिन स्नातकोत्तर परीक्षा सकेर अफिस फर्किएको थिए । शैक्षिक परीक्षाको […]
बीपी जन्म दिवसमा प्रतिष्ठानको सहयोग : योद्धा शिव कंगाललाई
२५ भाद्र काठमाडौँ – जननायक बीपी कोइरालाको १०७ औं जन्म दिवसको सन्दर्भमा रामेछाप बीपी कोइराला प्रतिष्ठानले प्रजातान्त्रिक योद्धा शिव कंगाललाई आर्थिक सहयोग गरेको छ । बुधबार भक्तपुरको कौशलटार स्थित कंगालको डेरा पुगि उनलाई १५१०० रुपैँया आर्थिक सहयोग हस्तान्तरण गरेको नेविसंघ पुर्व केन्द्रिय सदस्य एवं प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिनुभयो । “प्रजातान्त्रिक आन्दोलनमा लामो समय […]
सामाजिक सञ्जाल दुरुपयोग गर्ने पक्राउ
२५ भदौ बाग्लुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले अभद्र व्यवहार गरेको कसुरमा बाग्लुङ नगरपालिका–४ कुँडुलेका चन्द्रकान्त पौडेललाई आज पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनका संवाददाता राजेशचन्द्र राजभण्डारी, माउण्टेन टेलिभिजनका संवाददाता सुवास आचार्य र इ–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेले दिएको उजुरीका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पौडेलमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिने जिल्ला […]



