पत्रपत्रिका
सरकारको नेतृत्वका लागि भरपर्दो वातावरण खोज्दै कांग्रेस
१ चैत काठमाडौँ – नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र […]
पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक बन्यो शव
१ चैत काठमाडौँ – परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको […]
मूल्यवृद्धिको मारमा उपभोक्ता
१ चैत काठमाडौँ – अन्तर्राष्ट्रिय उपभोक्ता दिवस आउन दुई दिन बाँकी छ । वर्षको मार्च १५ तारिख मनाइने यो दिवस यस वर्ष चैत २ गते सोमबार परेको छ । दिवसको अवसर पारेर उपभोक्ता अधिकारबारे धेरै गोष्ठी र भाषण हुन्छन् । उपभोक्ताको खास अवस्था कस्तो छ भनेर गोरखापत्रले उपभोक्ताको भान्साका दुई पदार्थ तेल र दालबारे बुझेको […]
नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च
१ चैत काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ र २० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। […]
यी हुन् २०९२ सम्मका प्रधानन्यायाधीशहरू, को कहिले बन्दै ? (सूची)
१ चैत काठमाडौँ-सर्वोच्च अदालतमा आगामी १५ वर्षसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले २०९२ सालसम्म सर्वोच्चमा प्रधानन्यायाधीश बन्ने रोलक्रम राखिएको छ । यसअघि नियुक्त भएका पाँच न्यायाधीश अब प्रधानन्यायाधीश बन्ने रोल क्रममा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा
१ चैत्र काठमाडौँ – उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् । निर्माण थालिएको लामो समयपछि […]
ओलीलाई हटाउन ३ दलको गठबन्धन तयार हुँदै
१ चैत काठमाडौँ – नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच भेटघाट बाक्लिएको छ । सत्ता साझेदारीका लागि वार्ता टोली नै गठन […]
माओवादी त्यागेर एमाले बनेका सांसदहरूको पद गुम्ने
१ चैत काठमाडौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उहाँहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम […]
नेपालीको बचत क्षमतामा ह्रास : सरदरमा एक सय कमाउँदा ९१ रुपैयाँ खर्च
१ चैत्र काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९र२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको […]
एमालेमा विभाजनको स्पष्ट रेखा
१ चैत काठमाडौँ – प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिच्याइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कोरेको हो […]



