Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

पत्रपत्रिका

ओली झन् शक्तिशाली

२६ फागुन काठमाडौँ – केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवतस् निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्। त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका […]

सत्ता सहकार्य गरे जसपाको माग पुरा गर्न प्रम ओली तयार

२६ फागुन काठमाडौँ – सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका […]

अनि फेल भयो दाहाल-नेपालको योजना

२६ फागुन काठमाडौँ – अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्— प्रधानमन्त्री ओली। साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे। तर, ओली कहिल्यै पछि हटेनन्।  सेयर बजारझैँ ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि पुग्थ्यो, कहिले स्वाट्टै तल झर्थ्यो। ओली त्यसबाट कहिल्यै विचलित देखिएनन्। संकटमा पर्दै, जोगाउँदैरजोगिँदै ओलीले पुस […]

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

२६ फागुन काठमाडौँ – शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि […]

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे प्रचण्ड र देउवाबीच छलफल

२६ फागुन काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता मंगलबार साँझ भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ । मंगलबार मात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो […]

सेयरको मूल्यमा गिरावट आउनुको कारण ?

२६ फागुन काठमाडौँ –  नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा हिजो मंगलबार २३.२२ अंकले ओरालो लागेको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम […]

पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने

२५ फागुन काठमाडौं – ३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ । एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका […]

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

२५ फागुन काठमाडौं – सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शंकर पोखरेलबीच […]

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

२५ फागुन काठमाडौं – सरकारका सचिवले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गरेका हुन् । सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयको तय गर्नेलगायतका विषयमा ६ बुँदे निर्णय […]

विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब

२५ फागुन काठमाडौं – केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बौँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा […]