Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ : मन्त्री भट्टराई

२७ भदौ  काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उहाँले कोरोना सङ्क्रमणका बाबजुद  विमानस्थलको निर्माण  निरन्तर भइरहेको बताउनुभयो । विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन […]

स्वास्थ्यमन्त्री ढकालद्वारा कोरोना विजेतासँग अन्तरक्रिया

२७ भाद्र  काठमाडाैँ –  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा पनि कुराकानी गर्नुभएको थियो । मन्त्रालयका उच्चअधिकारीलाईसँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुन्नुभएको […]

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह

काठमाडौँ -राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा  कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उहाँले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । महामारीको प्रभाव […]

संघीय सरकारले माग्यो स्थानीय तहका रिक्त पदाधिकारीको विवरण

२६ भाद्र काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले समितिलाई पत्र लेख्दै यही भदौ ३० गतेभित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिनुभएको हो। यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन […]

योगमाया विविमार्फत आयुर्वेद र योगको विकास गरिने छः प्रधानमन्त्री ओली

२६ भाद्र काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा  नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण  भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उहाँले कोभिड –१९ को  रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले आयुर्वेदमा […]

संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन

२५ भाद्र काठमाडौं  – संसदीय सुनुवाई समितिले प्रस्तावित तीन जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका तीन देशका राजदूतको नाम सर्वसम्मत् अनुमोदन गरेको हो । जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति […]

प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँ, २५ भदौ । मन्त्रिपरिषद्को आज बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको बैठकका लागि व्यस्त हुनुभएकाले आजको मन्त्रिपरिषद बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो । लामो समयदेखि स्थगित सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक भोलि शुक्रबार बस्ने भएको छ । सोही बैठकका लागि नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली आज व्यस्त हुनुपरेकोले […]

महामारीमा फसेको बेला सरकारले पैसा उठाउनेमात्रै काम गर्‍यो : सभापति देउवा

२४ भाद्र  काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोराेनाको नाममा पैसा उठाउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले देश कोरोनाको महामारीमा फसेको बेला सरकारले भने पैसा उठाउनेमात्रै काम गरेको बताउनुभएको छ । यो सरकारले भ्रष्टाचार गर्ने र पैसा उठाउनेबाहेक कुनै काम गरेन, पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्तीको भर्चुअल गोष्ठीमा सभापति […]

कोभिड अस्पताल संचालनका लागि उपचारमा खटिने नर्समा नेकपाको सिफारिस, १९ जनाको नाम सहित सार्वजनिक

२४ भाद्र काठमाडाैँ-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लिएको स्टाफ नर्सको परीक्षामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले १९ जनाको नाम सिफारिस गरेको खुलासा भएको छ । प्रतिष्ठानले कोभिड अस्पताल संचालनका लागि बिरामीको उपचारमा खट्ने ५० जना नर्सलाई भर्ती गर्न विज्ञापन गरेको थियो । त्यसमध्ये १९ जनाको नाम नेकपाले सिफारिस गरेको हो । सरकारी संस्थाले पदपूर्तिका […]

‘प्रधानमन्त्रीज्यू, हाँसोको पात्र होइन, गर्वको पात्र बन्नुहोस’ गौरी मल्ल

२३ भदौ २३ नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिनुभएको छ । ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौं, त्यो व्यक्ति हाँसोको […]