Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै

काठमाडौँ – आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले रातोपाटीलाई बताए । उनका अनुसार मंगलबार बसेको […]

मधेसमा एमाले पहिलो शक्ति बन्छः अध्यक्ष ओली

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ । आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब […]

देउवा नसच्चिए विद्रोह गर्ने कोइराला पक्षको चेतावनी

काठमाडौं – संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका नेताले भेला गरेका छन् । भेलालाई उनीहरुले खबरदारी सभाको नाम दिएका छन् । कोइराला समूहले गरेको भेलाका सहभागीहरुले सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने बताएका छन् । कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज […]

बाबुरामजी र म मिलेर समाजवादका लागि नयाँ ‘जनयुद्ध’ गर्छौं : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनु भयो । आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता […]

प्रदेश गौरवको योजनामा जिरी समावेश हुँदा दोलखाको आर्थिक रुपान्तरणमा टेवा पुग्छ : मन्त्री खड्का

काठमाडौँ – बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने […]

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ । बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्र िदेउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताउनु भयो । […]

आजदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको […]

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए […]

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन् । दिवसका अवरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक […]

संविधानको रक्षा एवं सफल कार्यान्वयनका लागि प्रचण्डको अपील

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन् । संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको […]