Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्छ : अध्यक्ष ओली

कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आज पोखरामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको बताउनुभयो । विचार नभएका, नीति नभएका गठबन्धनले फरक–फरक घोषणापत्र सार्वजनिक गरेको उहाँको आरोप थियो । […]

सीता दाहालको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनस् जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो […]

रोचक बन्दै काठमाडौ ८ को निर्वाचन : कस्ले मार्ला बाजी

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ । दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । उम्मेदवारहरु मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् । काठमाडौ निर्वाचन ८ का नेकपा एमालेले […]

सरकारसँग देश बनाउने मिसन-भिजन र गन्तव्य छैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने समेत उहाँले बताउनुभएको छ। देशलाई […]

आजबाट घरदैलो मतदाता शिक्षा, ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

काठमाडौँ – आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य […]

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा (पूर्णपाठसहित)

काठमाडौँ – नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ुसंविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकारु मुख्य भन्ने नारा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र […]

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

काठमाडौँ – निर्वाचन आयोगले विभिन्न सातबुँदे निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्था उल्लंघन भएमा ‘प्रचलित कानुनबमोजिम जरिमाना तथा उम्मेदवारी खारेजी’सम्मको सजाय हुन सक्ने आयोगले प्रस्ट पारेको छ । दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न र गराउनसमेत आयोगले निर्देशन दिएको […]

कांग्रेसले प्रचार-प्रसारका लागि बनायो १३ उपसमिति

काठमाडौँ – नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ। समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १३ वटा उपसमिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार केन्द्रीय सदस्य डा। डिला संग्रौलाको संयोजकत्वमा टेलिभिजन समन्वय तथा […]

अहिले हामीले भोगिरहेको दूर्दशा हाम्रा सन्ततिले भोग्न नपरोस् : नेता शाह

काठमाडौं – कांग्रेस नेता राजीवविक्रम शाहले राजनीति केवल समाजसेवा भएको बताउनु भएको छ । जाजरकोट ‘ख’ बाट प्रदेशसभामा गठबन्धनका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहनु भएका शाहले राजनीति समाजसेवा भन्ने मूलमन्त्रका साथ आफूले काम गरिरहेको बताउनु भएको हो । सामाजिक सञ्जालमार्फत मतदाताका नाममा जारी गरिएको सन्देशमा उहाँले यस्तो कुरा बताउनुभयो । नेता शाहले २०६६ मा फैलिएको झाडापखाला […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका छन् । बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ […]