Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

विद्युत आपूर्ति रोकिएपछि कुलमान आफैं पुगे भरतपुरको सबस्टेसन

१७ कात्तिक, काठमाडौं – चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा […]

उतारचढावपछि नेप्से साढे ५ अङ्कले बढ्यो

१७ कार्तिक, काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज बैंकिङ, विकास बैंक, […]

राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

१७ कात्तिक, भक्तपुर – भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न […]

घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन पुसमा

१७ कार्तिक, काठमाडौं – आगामी पुस तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले जनाएको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । […]

९ मुद्दाको पेसी तोकियो

१७ कार्तिक, काठमाडौं – सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित हुन्। प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन्। यसअघि सोमबार र मंगलबार पनि प्रधानन्यायाधीश जबराले आफ्नो इजलास […]

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

१७ कात्तिक, सुर्खेत – जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका(५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका( ७ का ३५ वर्षीय चंखलाल […]

श्रीराम राईको ‘पोलेको मकै’ बजारमा

१३ कार्तिक, काठमाडौँ – खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। १० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, […]

इन्धनको मूल्य बढ्यो

१३ कार्तिक, काठमाडौँ – सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । […]

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

१२ कार्तिक, एजेन्सी – बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड(१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि […]

सिके राउतका कार्यकर्ताले चप्पलले पिटे प्रधानाध्यापकलाई

१२ कार्तिक, जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषाका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन्। धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका हुन्। विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेका हुन्। नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु […]