समाचार
इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध रिट दायर
१२ कार्तिक, काठमाडौँ – सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट दायर भएको छ । कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले १५ जना न्यायधीशविरुद्ध शुक्रबार रिट दायर गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत १९ मध्ये १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित […]
बार एशोसिएसन परिसरमा वकिलबीच कुटाकुट
१२ कात्तिक, काठमाडौं – नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो । व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले […]
फेसबुकले गर्यो नाम परिवर्तन
१२ कार्तिक, एजेन्सी – फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी ९भीआर० प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो। यद्यपि अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने […]
तास खेलिरहेका वडाध्यक्षसहित ९ जना पक्राउ
१२ कार्तिक, नुवाकोट – नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ […]
बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने
१२ कार्तिक, काठमाडौँ – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको […]
प्रधानन्यायाधीशमाथि महाअभियोग ? गठबन्धनमै विभाजित मानसिकता
१२ कार्तिक, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ दिएपछि केही दलहरू उनकै जवाफको पछि दौडिएका छन् । प्रधानन्यायाधीश राणाले गत बुधबार न्यायाधीशसँगको भेटमा आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै न्यायाधीशहरूलाई संवैधानिक प्रक्रियाबाटै […]
जापानको बजारमा ‘उड्ने मोटरसाइकल’, मूल्य आठ करोड रुपैयाँभन्दा बढी
११ कार्तिक, एजेन्सी – जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध […]
कुनैपनि हालतमा राजीनामा दिन्न, संवैधानिक विधि र प्रक्रियाको सामना गर्न तयार छु : प्रधानन्यायाधीश
११ कार्तिक, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू कुनै पनि हालतमा पद नछोड्ने बताएका छन् । उनले आफूलाई संविधानको विधि प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् । प्राइम टाइम्स टेलिभिजनलाई बिहीबार अन्तर्वार्ता दिँदै जबराले आफू विधिबाट आएकाले विधिको सामाना गर्न तयार रहेको उल्लेख गरेका छन् । ‘म संवैधानिक विधि र प्रक्रियाबाट नियुक्त भएको पदाधिकारी हुँ । […]
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा
११ कार्तिक, एजेन्सी – अभिनेता शाहरुख खानका छोरा आर्यन खानले मुम्बई हाईकोर्टबाट जमानत पाएका छन् । लगातार तीन दिनसम्म आर्यनको जमानत याचिकाको सुनुवाईपछि मुम्बई उच्च अदालतले बिहीबार उनलाई जमानत दिने निर्णय गर्यो । आर्यनको जमानत याचिकामा मंगलबारदेखि मुम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो। आर्यन विगत तीन सातादेखि जेलमा थिए । आर्यन खान बाहेक अरबाज मर्चेन्ट […]
धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने
११ कार्तिक, काठमाडौँ – सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले […]



