Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

नेकपा एकीकृत समाजवादीबाट यी नेता मन्त्री बन्दै

१३ आश्विन, काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्नेको अन्तिम सूची तयार गर्दैछ । अहिलेसम्म लगभग नामको टुंगो लागिसकेको छ । तर, एक दुईजनाको नाममा नेताहरुबीच अन्तिम टुंगो लाग्न बाँकी छ । एसले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएर कतिपय नामको टुंगो लगाएको बुझिएको छ । संघीय संसदमा निर्वाचित मध्ये […]

लोमस र क्यूमेडको औषधि गुणस्तरहिन विक्री वितरण रोक्न विभागको निर्देशन

१३ आश्विन, काठमाडौं – दुई औषधि उत्पादक कम्पनीका औषधि न्यून गुणस्तर पाइएपछि विक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षण गर्दा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधि न्यून गुणस्रको पाइएको जनाएको हो । क्यूमेडको लेभोसेफ (५०० ९लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) […]

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

१३ आश्विन, बर्दिया – बर्दिया स्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ। मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो।  

मनाङ प्रवेश गर्न पाइने खोप र होटल बुकको प्रमाण चाईने

१३ आश्विन, काठमाडौँ – कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि उनीहरुले मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने प्रमख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङ प्रवेशका लागि […]

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी,प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

१३ आश्विन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्नुभएको हो । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी […]

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१३ आश्विन, काठमाडौँ – सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक(पटक पेसी चढ्दै आएको छ । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, […]

काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु

१३ आश्विन काठमाडौं – काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। […]

मेलम्चीका १५० घर परिवारलाई राहत वितरण

१३ आश्विन, काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो। विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका थिए । बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दसैँका लागि […]

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ : प्रधानमन्त्री

१३ आश्विन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताउनुभएको छ।प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गर्नुभएको छ। जितिया पर्वको अवसरमा देश(विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली […]

साढे दुई महिनापछि मन्त्रीमण्डल विस्तारको तयारी सुरू

१३ आश्विन, काठमाडौँ – सरकारका गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ। सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लाग्नुभएका हो। सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६÷६ मन्त्रालय […]