Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

१३ आश्विन, काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँ उपचारका लागि बुधबार बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । उहाँसँगै पुनपत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ। उहाँहरु बिहान ७ बजेको फ्लाइटमार्फत उडेको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेको नेता […]

एमसीसी चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ : परराष्ट्रमन्त्री खड्का

१३ आश्विन, न्यूयोर्क –परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताउनुभएको छ । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा  खड्काले भन्नुभयो, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’ एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उहाँले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताउनुभयो । हामीलाई यो चाहिन्छ भन्ने […]

बुद्ध एयरको जहाजमा एकपछि अर्को समस्या

१३ आश्विन, काठमाडौँ – आन्तरिक उडानमा अब्बल कम्पनीका रुपमा दरिएको बुद्ध एयर । तर पछिल्ला दिनमा एकपछि अर्को समस्याका कारण यो कम्पनीको साख गिर्दो छ । बिमान यात्रा सदैव संवदनशील मानिन्छ । यसमा आउने सानो समस्याले पनि ठूलो जोखिम पैदा गर्छ । बुद्ध एयरले यस्तै साना समस्याहरुलाई न्यूनीकरण गर्न नसक्दा यात्रुहरु यस कम्पनीसँग झस्किन थालेका […]

श्रीपेच चोर्ने प्रयास असफल भएपछि नारायणयहिटीमा सुरक्षा कडाइको तयारी

१३ आश्विन, काठमाडौँ – नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ । गत शुक्रबार मानसिक अवस्था ठीक नभएका २५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो । नारायणहिटी […]

संसद्मा एमाले अवरोध हटाइदिन ओलीसँग आग्रह :

१३ आश्विन, काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिनुभएको छ । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिनुभएको छ । देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ […]

काठ चोरेर भाग्दै गरेको नगरपालिकाको जेसिबीसहित चालक नियन्त्रणमा

१२ आश्विन, सिरहा – सिरहाको गोलबजार नगरपालिका– ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवाको काठ चोरेर भाग्दै गर्दा जेसीबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको जेसिबी गोलबाजार नगरपालिकाको भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताउनुभयो। ना १ ग ७०६ नम्बरको जेसीबी र चालक श्रवण कुमार साहलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका […]

संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखियो : ओली

१२ आश्विन, काठमाण्डौँ – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गर्नुभएको छ। आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गर्नुभयो। ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिनुभएको थियो । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक […]

चीनमा पानी जहाज दुर्घटना बाह्रको मृत्यु,कैयौँ बेपत्ता

१२ आश्विन, बेइजिङ- चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिनुभएको छ । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि […]

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

१२ आश्विन,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थाल्नुभएको हो। प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसक्नुभएको छ । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र), […]

प्राविधिक रिपोर्ट नआई उड्यो बुद्ध एयरको जहाज

१२ आश्विन,काठमाडौँ – सोमबार बुद्ध एयरको समस्या देखिएको जहाज आज विहानै उडान भरेको छ । बुद्ध एयरले जहाजमा के कसरी समस्या आयो भन्ने कुराको रिपोर्ट नआई आज विहानबाटै उडान भरेको हो । बुद्धको (एन–एएनआइकलसाइन)को जहाज विराटनगरमा समस्या देखिएपछि पुनः पाइलटले काठमाडौं ल्याएर सफल अवतरण गराउनुभएको थियो । जहजसमा समस्या देखिएपछि पर्यटन मन्त्रालय, नेपाल उड्डयन प्राधिकरण […]