समाचार
‘आफ्नालाई पोस्न’ कर्मचारी विनियमावली संशोधनको तयारी गर्दै पर्यटन बोर्ड
१२ आश्विन, काठमाडौँ – आफ्ना केही सीमित व्यक्तिहरूलाई पोस्नका लागि कर्मचारी विनियमावली संशोधन गर्न लागिएको भन्दै नेपाल पर्यटन बोर्डका कर्मचारीले आपत्ति जनाएका छन् । बोर्डको म्यानेजर लगायतका पदमा आफूनिकटका सीमित व्यक्तिलाई मात्रै लैजाने गरी कर्मचारी विनियमावली संशोधनको तयारी भएको भन्दै कर्मचारीले आपत्ति जनाएका हुन् । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कर्मचारीसँग सामान्य संवादसमेत नगरी […]
माधवले देउवालाई बुझाए एसका मन्त्रीको नाम लिष्ट (सूचीसहित)
११ आश्विन, काठमाडौँ –अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाउनुभएको हो । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम […]
फाईलहरुको छिटो टुंगो लगाउन अर्थमन्त्री शर्माको निर्देशन
११ आश्विन, काठमाडौँ – प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबीच उच्चस्तरीय छलफल भएको छ । सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल […]
५० लाख धरौटी तिरेर रिहा हुने तयारीमा चुडामणि शर्मा
११ आश्विन, काठमाडौँ –विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन्न सकिने अवस्था नभए पनि उहाँबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। […]
मृत्युको मुखबाट ७३ जना यात्रुको जीवन फर्काइदिने शेर्पा
११ आश्विन, काठमाडौँ – एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिनुभयो पाइलट एजी शेर्पाले । सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाउनुभएको थियो । जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर […]
एमसीसी संसोधन हुँदैन : परराष्ट्रमन्त्री खड्का
११ आश्विन, काठमाडौँ –राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी अनुदान सम्झौता एमसीसी संशोधन हुन नसक्ने बताउनुभएको छ। आइतबार गैरआवासीय नेपाली संघले न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले एमसीसीमा सहिछाप भैसकेको भन्दै संसोधन हुन नसक्ने बताउनुभएको छ । सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले चाहिँ संसोधन बिना एमसीसी अनुमोदन हुन नसक्ने बताइसक्नुभएको […]
चुडामणि शर्मालाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने बयान सकिएपछिमात्र टुंगो लाग्ने
११ आश्विन, काठमाडौँ – भ्रष्टाचार गरेको आरोपमा निलम्बित तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा विशेष अदालतमा हाजिर हुनुभएको छ । जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्धा खेपिरहेका शर्मा सोमबार अदालतमा हाजिर हुनुभएको हो । गत असार ९ गते […]
तपाईँ कतिञ्जेलसम्म दश बुँदे कार्यान्वयन गर्नुहुन्न : भीम रावल
११ आश्विन, काठमाडौँ – नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा.भीमबहादुर रावलबीच सवालजवाफ भएको छ। आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ रु भन्दै प्रश्न गर्नुभएको […]
सुष्मा कोइरालाले मनाइन् ‘फ्युचर होप नेपाल’ चिल्ड्रेन सेन्टरमा आफ्नो जन्मदिन
११ आश्विन, काठमाडौँ – लायन्स क्लव अफ काठमाडौँ रोजका चार्टर प्रेसीडेन्ट सुष्मा कोइरालाले आफ्नो जन्मदिन फ्युचर होप नेपाल, चिल्ड्रेन सेन्टरमा मनाउनु भएको छ । समाजसेवामा लाग्दै आउनुभएको कोइरालाले आफ्नो जन्मदिन फ्युचर होप नेपाल, चिल्ड्रेन सेन्टरका बालबालिकालाई सहयोग गरि मनाउनुभएको हो । कोइरालाले जन्मदिनको उपलक्ष्यमा चिल्ड्रेन सेन्टर पुगी बालबालिकालाई आउँदै गरेको नेपालीहरुको महान चाड दशैंकालागि लत्ता कपडा […]
छोटो समयमै सकियो प्रतिनिधिसभाको बैठक
११ आश्विन,काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व […]



