समाचार
शनिबार १ हजार २ सय ३७ जना संक्रमणमुक्त
२ आश्विन काठमाडौँ – शनिबार १ हजार २ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४७ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । त्यस्तै,आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
सरकारले खरबौंको सेटिङमा योजनावद्ध भ्रष्टाचार गरिरहेको : ओलीको आरोप
२ अश्विन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङमा खरबौंको खेल गरेको आरोप लगाउनुभएको छ । उहाँले आज पार्टी निकट कर्मचारी संगठनको भेलामा भन्सार छुट दिने या नदिने व्यवस्था गरेर खरबौंको खेल खेलेको आरोप लगाउनुभएको हो । ‘सोझैं सेटिङमा अरबौंको मात्र होइन खरबौंको खेल भएको छ,’ ओलीले भन्नुभयो, ‘भन्सार कस्लाई छुट दिने […]
ओलीले दिए कर्मचारीलाई सुझाव : ‘कसैले घुस दियो भने खान्न भन्नुस्’
२ अश्विन, काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारी संगठनका कर्मचारीहरुलाई कसैले घुस दियो भने खान्न भन्नुपर्ने सुझाव दिनुभएको छ । शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निजामती कर्मचारी सेवामुखी भएको र कसैले घुस दिएमा खान्न भन्नुपर्ने उनले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कसैले […]
अल्जेरियाका पूर्व राष्ट्रपति बौटेफ्लीकाको निधन
२ अश्विन, काठमाडौँ –अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ । उहाँको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उहाँले झण्डै दुई दशक अल्जेरियामा शासन गर्नु भएको थियो । उहाँले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिनु भएको हो । […]
मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ : नेता सिंह
२ आश्विन, काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताउनुभएको छ। स्व गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा आज आयोजित कार्यक्रममा उनले सत्ता गठबन्धका आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै अब चाँडो मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ […]
प्रदीप ज्ञवालीले भने : एमसीसी सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली
२ आश्विन, काठमाडौँ – नेकपा एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन ओली सरकारले खाएको बताउनुभको छ। टोखाको नयाँ किरण समूहद्वारा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उहाँले देउवा सरकारले एमसीसी सम्झौता गरेर तत्कालीन ओली सरकारले गाली खानुपरेको बताउनुभयो । ‘त्यो […]
२० जना जुवाडे जोरपाटीबाट पक्राउ
२ आश्विन, काठमाडौँ – काठमाडौँको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरुलाई ४ लाख ७४ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो । जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको […]
देउवा सरकारले दुई महिनामा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक
२ आश्विन, काठमाडौँ – नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा गत साउन २९ गते प्रधानमन्त्री भएपछि आजसम्म गरेका प्रमुख कामहरु सार्वजनिक गरिएको छ । सरकार गठन भएको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको आरोप खेपीरहेका प्रधानमन्त्री देउवाले आफु नेतृत्वको सरकारले गरेका १५ महत्वपूर्ण कामहरु सार्वजनिक गर्नुभएको छ। सरकारले कोरोना महामारी नियन्त्रणलाई उच्च प्रथिमत्कता दिएको […]
ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट शुरु हुँदै
२ आश्विन, काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा)को ए डिभिजन राष्ट्रिय फुटसल लिग आजबाट हुँदैछ । पोखरामा हुने लिगमा आजै २ खेल हुने भएका छन् । लिगको पहिलो खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज दिउँसो २ बजेबाट हुने बताइएको छ । ए डिभिजन लिगको यो फुटसलमा १० टिमले प्रतिस्पर्धा गर्ने बताइएको छ । आज हुने २ […]
संखुवासभा सामूहिक हत्याकाण्ड : थप अनुसन्धान गर्न प्रहरी टोली संखुवासभामा
२ आश्विन, संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् । सामुहिक हत्याकाण्डको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डमा मारिएकी बुहारी रन्जनाको मोबाइल लोकबहादुरको भाइको साथबाट बरामद भएपछि टोली थप अनुसन्धानका लागि संखुवासभा गएको […]



