समाचार
मुख्यमन्त्री पौडेल : प्रदेशका सबै नागरिकलाई उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध
१९ साउन, काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा निर्माण गरिने हेटौँडा उपमहानगरपालिका–१ स्थित रहेको हेटौँडा अस्पतालको नयाँ भवनको शिलान्यास […]
धादिङमा श्रीमतीको हत्यापछि आत्महत्या
१९ साउन, काठमाडौँ – दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले […]
भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान
१८ साउन, काठमाडौं– समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना विद्यार्थीलाई अनलाइनबाट पढाउन क्याम्पसको भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई डिजिटल प्रविधियुक्त बनाइएको छ । शिक्षक तथा विद्यार्थी भर्चुअल पठनपाठनमा अभ्यस्त हुन थालेका छन् । मेचीनगर–६ […]
सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध
१८ साउन, काठमाडौं– लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि […]
स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ सहित सबै परीक्षा स्थगन गर्न प्रस्ताव
१८ साउन, काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव राखेका छन्। सोमबार भर्चुअल रूपमा गरिएको पत्रकार सम्मेलनमा ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा मन्त्री श्रेष्ठले कोभिड–१९ को […]
रौतहटमा विद्यार्थी भर्नाबारे विवाद हुँदा झडप, १९ घाइते
१८ साउन, काठमाडौं– रौतहटको माधवनारायण नगरपालिका–४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन्। स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयमा विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावकबीच विवाद भएपछि झडप भएको थियो । झडपमा परी विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ सहित १९ जना घाइते […]
मेलम्ची बाढी : हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा
१८ साउन, सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले […]
स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन
१८ साउन, काठमाडौँ – टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । […]
यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते
१८ साउन, गलकोट – बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले […]
कांग्रेस कार्यकर्ता तीन सातादेखि धर्नामा
१७ साउन, काठमाडौँ – क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने बताएका छन् […]



