Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

तनहुँमा यात्रुवाहक बस दुर्घटना, चालकसहित ७ जना घाइते

२५ साउन, तनहुँ – तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका(५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ । बस अनियन्त्रित भई […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी

२५ साउन, काठमाडौँ – कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको छ । ‘यस विषयमा हामी (तीन जिल्लाका सीडीओ) भोलि […]

चुरे उत्खननमा रोक लगाइने

२५ साउन, काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्र उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त सरकारले आइतबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक […]

फेरि घट्यो सुनको मूल्य

२५ साउन, काठमाडौँ – यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो । यस्तै, चाँदीको मूल्य समेत […]

हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क

२५ साउन, सप्तरी – सप्तरी जिल्लाको झण्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महिनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेञ्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔँ, नहुनेले मास्क लगाएर जाऔँ’ लेखिएको छ । […]

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

२५ साउन, काठमाडौँ – कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि […]

छ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

२४ साउन, काठमाडौँ – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो । मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी(जोमसोम(कोरला […]

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलग्रस्त

२४ साउन, काठमाडौँ – कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ […]

पछिल्ला २४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि

२२ साउन, काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर […]

कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

२२ साउन, काठमाडौं – कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ । भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको मृत्युदर १।५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको […]