समाचार
विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेती
२ साउन, काठमाडौँ – झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै पाँच कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै […]
चीनबाट थप खोप आएपछि खोप अभियानले निरन्तरता पाउने
२ साउन, काठमाडौँ – चीनबाट खोप आउनेबित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र र दिन निर्धारण गरेर खोप लगाउने काम भइरहेको छ । आउँदो ७ गतेपछि फेरि चीनबाट खोप आउन थाल्ने भएकाले अभाव नहुने खोप शाखा […]
प्रहरीले १ लाख २२ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ
२ साउन, काठमाडौँ – प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासको गड्डी नियन्त्रणमा लिएको हो । उनीहरुबाट १ लाख २२ हजार […]
ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुरको टोली बालकोट
२ साउन, काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर टोलीसहित बालकोट पुगेका छन्। अहिले भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता जारी छ। छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्। ओली सत्ताच्युत भएपछि उनीहरूबीच शनिबार पहिलोपटक भेटवार्ता भइरहेको हो। ओली नेतृत्वको […]
आजको मौसम पूर्वानुमान : देशभर भारी वर्षा हुने सम्भावना
२ साउन, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि […]
काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित
२ साउान, काठमाडौँ – सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिनुभयो । खोप अभियान यही साउन […]
महानगरको न्यायिक समितिमा डेराभाडाका उजुरीको चाङ
१ साउन, काठमाडौँ – काठमाडौँ महानगरको न्यायिक समितिमा सबैभन्दा धेरै डेराभाडाका उजुरी परेका छन् । अघिल्ला वर्षमा घरेलु मुद्दाको उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय घरकोठा खाली गराउने विषयमा उजुरी पर्ने गरेको हो । कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको र केहीले अनेक समस्याका कारण कोठामा सामग्री राख्ने ढोका लगाएर लामो समयसम्म सम्पर्कमा नआउने समस्या […]
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
१ साउन, काठमाडौँ – झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली […]
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न आग्रह
१ साउन, काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोेखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य […]
सर्वोच्चका सबै सेवा साउन १५ गतेदेखि सुरु हुने
१ साउन, काठमाडौं– सर्वोच्च अदालतले साउन १५ गतेदेखि अदालतका सबै सेवा सुरु गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिमका कारण स्थगित गरिएका नियमित सुनुवाइ सुरु हुने सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो। सर्वोच्चको सेवा स्थगित भएको बेलाका हदम्याद, म्याद, तारेख थाम्ने थमाउने सम्बन्धमा यस बीचको हदम्याद नलाग्ने भएको छ। यस्तै यसअघि आलोपालो बस्दै […]



