समाचार
हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ
१ साउन, काठमाडौं– प्रहरीले हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले मोरङ रङ्गेली नगरपालिका–३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ […]
थप दुई हजार ९३६ मा सङ्क्रमण पुष्टि
१ साउन, काठमाडौं– पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अवधिमा देशभर ४३ जना […]
न्यूनतम पारिश्रमिक लागू गर्न रोजगारदाताहरुका संस्था सहमत
१ साउन, काठमाडौं– रोजगारदाताहरुका संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गर्ने सहमति गरेका छन् । सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृयाप्रति असहमती भएपनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमति भएको रोजगारदाता संस्थाहरुले जनाएका छन् । उक्त संस्थाहरुले श्रमिकहरुको प्रतिनिधिमूलक संस्थाहरुको संयुक्त ट्रेड […]
साउन ६ गतेदेखि नेवानिको जहाजले चीनबाट खोप ल्याउने
१ साउन, काठमाडौं– कोभिड–१९ विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज साउन ६ गते चीन उड्ने भएको छ । चिनियाँ खोप ‘भेरोसेल’ लिनका लागि नेवानिको जहाज जान लागेको हो । चिनियाँ खोप उत्पादक कम्पनीले नेपाललाई खोप दिने तयारी पूरा नगरेकाले निगमको जहाज जान केही ढिलाइ भएको हो । यसअघि निगमको जहाज असार ३१ गते चीन […]
भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित
३१ असार, काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना […]
थपिए २६७६ नयाँ संक्रमित, थप ३३ को मृत्यु
३१ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ५६ जनाको पीसीआर विधिमार्फत गरेको परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ८ सय ९४ जना गरी कुल २ […]
उपत्यकाको निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्बियो, काठमाडौं प्रवेशका लागि प्रशासनको पास नचाहिने
३१ असार, काठमाडौं– कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र उपत्यकामा प्रवेश पाइने व्यवस्था गरेको छ । यद्यपि अब उपत्यका आउन जिल्ला प्रशासन […]
अवैध लागूऔषधसहित दुई पक्राउ
३१ असार, काठमाडौं– अवैध लागूऔषधसहित प्रहरीले कञ्चनपुरबाट दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ चवन्नी खल्लाबाट ३ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–२ बस्ने २१ वर्षीय बिजय चौधरी र […]
बाँसको डण्डा प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ
३१ असार, काठमाडौं– बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ । बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका(१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहार पक्राउ परेका हुन् । उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । आपसी झगडाको […]
पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा
३१ असार, काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालु आर्थिक वर्ष २०७७/०७८ को साउन महिनादेखि पाउन बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च […]



