समाचार
सर्वोच्चले दियो कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश
३० असार, काठमाडौं– काली गण्डकी डाइभर्सन रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै परेको रिटमा फैसला गर्दै कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी […]
सेनाका जवानद्वारा आफैंलाई गोली हानी आत्महत्या
३० असार, काठमाडौं– नेपाली सेनामा कार्यरत सेनाका जवानले गोली हानी आत्महत्या गरेका छन् । महोत्तरीमा एक जना सेनाका जवानले आफैंलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको हो । महोत्तरीको रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत नेपाली सेनाका एक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए । प्रहरीका […]
साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा
३० असार, काठमाडौँ – कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाख देखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य […]
ब्लयाँङ्केटले घाँटी थिचेर आफ्नै शिशुको हत्या, ‘खाल्डो खनेर गाडेको’ भेटिएपछि आमासहित ४ जना पक्राउ
३० असार, काठमाडौं– नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मोरङबाट ४ जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् । प्रहरको प्रारम्भिक अनुसन्धानबाट […]
ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार विशेष अदालतमा हाजिर
३० असार, काठमाडौं– ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा उपस्थित भएका छन् । कांग्रेस नेता गच्छदार आज बुधवार विशेष अदालतमा उपस्थित भएका हुन् । गच्छदारमाथि प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याएको आरोप छ । पूर्वमन्त्री गच्छदार बिहान १० बजे नै अदालतमा हाजिर भएको विशष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए […]
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
३० असार, काठमाडौँ – बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । महाशाखाको नियमित बुलेटिनमा आज बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश […]
ज्वाला संग्रौलालाई साधाराण तारेखमा छाड्न अदालतको आदेश
२९ असार, काठमाडौं– सरकारी लिखत सम्बन्धी कसुरमा थुनामा रहेकी ज्वाला संग्रौला थुनामुक्त भएकी छिन् । आफूलाई सामाजिक अभियन्ता बताउने उनलाई जिल्ला अदालत, काठमाडौंले सामान्य तारेखमा छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए । अदालतले उनका पति हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन […]
कांग्रेसबाट बालकृष्ण खाँणले मन्त्रीको सपथ लिने
२९ असार, काठमाडौं- प्रधानमन्त्रीमा नवनियुक्त शेरबहादुर देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई आजै मन्त्रिपरिषदमा समावेश गराउँदै छन् । यसअघि देउवाले कांग्रेसबाट मन्त्री बनाउनेको नाम छान्नै सकस भएको समाचार बाहिर आएको थियो । आजको सपथका लागि कांग्रेसबाट अरू नेताको नाम नछानिएको स्रोतले बताएको छ । माओवादी केन्द्रबाट भने आज पम्फा भुसाल र जनार्दन शर्माले सपथ खाँदैछन् ।
थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि
२९ असार, काठमाडौं– नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट […]
उच्च अदालतका कर्मचारी विमलाको हत्या भएको पुष्टि
२९ असार, काठमाडौं– उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ । […]



