Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

गौतम बुद्धका मार्गदर्शन आत्मसात् गर्न सकेमा राष्ट्रिय एकता सुदृढ हुने छ : राष्ट्रपति

१२ जेठ ,काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । विश्विले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको […]

बुद्धका शान्तिका सन्देशलाई धर्तीबाटै मेटाउन खोजियो : प्रधानमन्त्री ओली

१२ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औँ बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देशमा भन्नुभएको छ, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि […]

आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदै

१२ जेठ, काठमाडौँ – आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँदै छन् । निषेधाज्ञाका कारण चैत्य, गुम्बा, विहार लगायतमा सीमित […]

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

११ जेठ, काठमाडौँ – प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज  गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभएको छ । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘खोप […]

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

११ जेठ काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवत्र्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उहाँले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा […]

सरकारी गाडी दिउँसो चल्न नपाउने

११ जेठ, काठमाडौँ – निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भन्नुभयो, […]

एक साताका पुग्ने गरी खाद्यान्न किन्न उपत्यकाका सिडिओहरुको आग्रह

११ जेठ, काठमाडौं– उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सर्वसाधाराणलाई एक हप्ताका लागि खाद्यान्न किनेर गरेर राख्न भनेका छन् । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप कडाइ गर्दै एक साता निषेधाज्ञा बढाउने निर्णय गर्दै सर्वसाधारणलाई कम्तीमा एक साताका लागि खाद्यान्न सञ्चय गर्न अनुरोध गरेका हुन् । अधिकारीहरुले दुई दिन भित्र सम्पूर्ण सर्वसाधारणलाई खाद्यान्न समाग्री किन्न आग्रह […]

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

११ जेठ, काठमाडौँ – नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौँत्य  सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि /राजदूत लाङ यावौले राष्ट्रसङ्घका […]

संसद विघटनविरुद्धको रिटमा बिहिबार र शुक्रबारका लागि पेशी

११ जेठ, काठमाडौं– संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट माथि जेठ १३ गतेदेखि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्चमा परेका संसद विघटन विरुद्धमा परेका ३० रिट मध्ये १९ रिटको सुनुवाइ १३ गतेदेखि सुरु हुने भएको हो । त्यस्तै बाँकी ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ । संवैधानिक इजलासमा […]

उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय

११ जेठ, काठमाडौँ – उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ । ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभएको छ  । काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा […]