Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

समाचार

अल–शबाबका २१ जना लडाकू मारिए

एजेन्सी – सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको मनसाय रहेको देशको गुप्तचर निकायलाई पूर्व सूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारबाही गरिएको जनाएको छ । सोमालीयाली सेनाले गरेको अथक […]

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियोगितामा यो सुदूरपश्चिमको पहिलो जित हो । मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ […]

सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

काठमाडौँ – अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ । पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएको छ । त्यो पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ । पाँच हजार चार सय ८६ मिटर […]

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौँ – नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट […]

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको सूचनामार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा […]

सामान्य अङ्कले घट्यो नेप्से, दुई अर्ब बढीको कारोबार

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो । आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय […]

जुम्लामा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा, बागीकै डर

काठमाडौँ – आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ । जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा […]

कर्णालीमा विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता

कर्णाली – गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन्। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र मुगुमा […]

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

काठमाडौँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात […]

सीता दाहालको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनस् जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो […]