समाचार
भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु
एजेन्सी – तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो । उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । विमानस्थलमा विमानको पर्खाइमा रहेका अब्दुल नूरीले विमान […]
सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा
काठमाडौँ – सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ । […]
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको […]
आम निर्वाचन : सियोदेखि मतपेटिकासम्म विदेशबाटै
काठमाडौँ – मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय […]
आलोचित बन्दै आयोग
काठमाडौँ – निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ। सर्वोच्चले मात्रै […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – आज कार्तिक २१ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर […]
रोचक बन्दै काठमाडौ ८ को निर्वाचन : कस्ले मार्ला बाजी
काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ । दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । उम्मेदवारहरु मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् । काठमाडौ निर्वाचन ८ का नेकपा एमालेले […]
‘मिस प्लानेट इन्टरनेशनल’ मा सहभागी हुन् अफ्रिका उडिन् मनिषा र विपासना
काठमाडौं – युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’ कार्यक्रम सहभागि हुन् नेपालबाट मनिषा प्रधान र ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ को सिइओ तथा नेशनल डिरेक्टर विपासना खनाल क्षेत्री अफ्रिका उडेका छन् । नोभेम्बर ६ देखि २० गतेसम्म हुने ‘मिस प्लानेट इन्टरनेशनल’ मा सहभागी हुन उनीहरु आइतबार बिहान अफ्रिका उडेका हुन् उक्त कार्यक्रममा ८० देशहरुले प्रतिनिधित्व गर्दैछन् । उनीहरुलाई […]
टी–२० विश्व कपमा आज महत्त्वपूर्ण तीन खेल : समूह-२ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने
काठमाडौँ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज महत्त्वपूर्ण तीन वटा खेल हुँदैछन् । आजको खेलबाट समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । […]
चुनावी महासंग्राममा ओली–रावल वाक् युद्ध
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् युद्ध चर्किएको छ । ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत फर्काउनुभएको हो । चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि जवाफमा रावलले पाँचवटा प्रश्न तेस्र्याउनुभएको छ । अछाम […]



