समाचार
सरकार देश र जनताको काममा केन्द्रीत छ : मन्त्री ढकाल
१० असोज काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताउनुभएको छ । सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गर्नुभयो । उहाँले कोरोना भाइरसको विरूद्धमा […]
डोटीमा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन शुरु
१० असोज काठमाडौँ – जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । गत वर्षदेखि नै शुरु भएको उक्त कार्यक्रम कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण रोकिएको थियो । कोरोना भाइरस सङ्क्रमण जोखिम नियन्त्रणका आवश्यक उपाय अवलम्बन गरी सामाजिक दूरी कायम गरेर आजबाट जिल्ला […]
पूर्वराजदूत राजभण्डारीको निधन
१० असोज काठमाडौँ – पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो । उहाँले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को प्रवक्ताका रुपमा पनि काम […]
एम्बुलेन्स लिएर सङ्क्रमितको घर घरमा पुगे वडाध्यक्ष
१० असोज काठमाडौँ – खडक नगरपालिका–८ स्थित सङ्क्रमित पत्रकारको घरमा साइरन बजाउँदै दुई एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो । वडा नं ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ः०० बजे सङ्क्रमित पत्रकारको घर पुगे । तीन कोठाको अलग÷अलग ओछ्यानमा छ जना आइसोलेट […]
डाक्टर गोविन्द केसीका समर्थनमा प्रदर्शन गर्ने १७ युवा पक्राउ
१० असोज काठमाण्डौँ – माइतीघर मण्डलाबाट डाक्टर गोविन्द केसीका सर्मथकहरुलाई प्रहरीले पक्राउ गरेको छ । डाक्टर केसीका माग पूरा गराउन दबाब दिन काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको हो । अनशन बसेको १३ औं दिन भइसक्दा पनि सरकाले केसीका माग पूरा गराउन कुनै पहल नगरेको भन्दै युवाहरु प्रदर्शन गरेका हुन् । […]
कोरोनका कारण बबई बहुमुखी क्याम्पस प्रमुख अग्रवालको मृत्यु
१० असोज काठमाडौँ – बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उहाँको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उहाँ होमआइसोलेशनमै बस्दै आउनुभएको थियो । आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भेरी अस्पताल […]
दबाबमा प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन तयारी
१० असोज काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बाध्यता आउन सक्ने’ भनाइ राखेका थिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्ने […]
दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र
१० असोज काठमाडौँ – लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि […]
अन्ततः खुल्यो लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै
१० असोज काठमाडौं – कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन […]
आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्लीको दोस्रो जित
१० असाेज काठमाडौँ – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको हो । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय […]



