Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

बेरुत बम विस्फोट : सुरक्षा अधिकारीलाई पहिलेनै थाहा भएको खुलासा

२ असाेज काठमाडाैँ – राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा भयो कि अन्य लेबनानी सुरक्षा तथा अन्य केही अधिकारीहरुलाई पनि यो कुरा पहिले नै थाहा थियो । न्यूयोर्क टाइम्सका पत्रकारहरुको समूहले गरेको एक अध्ययनमा उनीहरुले पोर्ट, सीमा शुल्क […]

नेपालमा नै अलैँची प्रशोधन केन्द्र स्थापना

२ असोज काठमाडौँ – नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद […]

गत एक बर्षदेखि डोल्पामा चामल पुगेन

२ असाेज काठमाडाैँ – उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]

काठमाडौँका ५ सय कोराना संक्रमित सम्पर्कविहीन

२ असोज काठमाडौं – राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा […]

हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने

२ असोज काठमाडौं – कोभिड–१९ को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ । बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन् । सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका […]

खाली सिलिण्डरको मूल्य तोकियो २ हजार १ सय, डिलर मार्फत लिन समेत अुनरोध

१ असोज काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको […]

प्रजातन्त्रको सौन्दर्य फरक विचार : अध्यक्ष कमल थापा

१ असोज काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो“प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ । ” पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उहाँले […]

दुई तीन दिनमा डिस्चार्ज हुन्छु : महामन्त्री कोइराला

१ असोज काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ । आज भिडियो सन्देश जारी गर्दै उहाँले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताउनु भएको हो । “ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल […]

आन्तरिक उडान असोज ५ बाट मात्र सुरु हुने

१ असोज काठमाडौं – आन्तरिक तर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ ।अहिले चार्टड उडानमात्र भइरहेको बिमानस्थलले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन […]

राष्ट्रिय सभामामा प्रवेश गर्दै बामदेवले भने ‘ कुनै स्वार्थ बोकेको छैन ’

१ असोज काठमाडौं – राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सपथपछि राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने दृढता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, राष्ट्रियसभाको गरिमा बढाउन नियमावली […]