समाचार
काठमाडौं एकैदिन ६१८ कोरोना संक्रमित थपिए
१ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय १८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय १८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ७ संक्रमित थपिएका छन् भने ललितपुरमा ६१ संक्रमित थपिएका छन् । […]
अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव
१ असोज काठमाडौँ – फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको […]
नेयमारलाई दुई खेलको प्रतिबन्ध
एजेन्सी, १ असोज । मार्सेबिरुद्धको खेलमा झगडा गरेबापत रातो कार्ड पाएका पेरिस सेन्ट जर्मेनका स्टार नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । साथै, फ्रेन्च फुटबलका अधिकारीहरुले उनले लगाएको रंगभेदी टिप्पणीको आरोपबारे पनि अनुसन्धान गर्ने भएको छ । आइतबार लिग वानको खेलमा देखाइएको पाँचवटा रातो कार्डमध्ये एक नेयमारले पाएका थिए । उनले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई […]
एकै दिन १ हजार २ सय ४६ जनामा संक्रमण
१ असोज काठमाडौं – मुलुकमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना सङ्क्रमण
१ असोज एजेन्सी भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गर्नुभएको छ । “मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण […]
नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली
१ असोज काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताउनुभएको छ । सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताउनुभयो । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण […]
ट्राफिक प्रहरीको अभियान : तपाइँको मास्क खोई ?
१ असोज काठमाडौँ – लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए÷नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख उदयसिं सिँजापतिले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा […]
पाल्पामा कोरोना संक्रमित एक पुरुषको मृत्यु
१ असाेज काठमाडाैँ - पाल्पामा कोरोना संक्रमित एक पुरुषको बिहीबार मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अत्याधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । […]
म्याग्दी दोस्रो पटक कोरोनामुक्त जिल्ला
१ असोज काठमाडौँ – म्याग्दी कोरोना मुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना संक्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना […]
जब मन्त्री नै प्याजमा ठगिए…
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]



