Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

लामो दूरीका गाडी आजबाट गुड्दै

१ असोज  काठमाडौँ – गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट खुल्दै छन् । कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ । बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा […]

भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो

१ असोज  काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ […]

मनसुनी वायुको प्रभाव कायमै, आगामी शुक्रबारसम्म देशभर बर्षा हुने

३१ भाद्र काठमाडाैँ – आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा […]

सामाजिक सञ्जाल बहिष्कार अभियानमा सेलिब्रेटी

३१ भाद्र काठमाडौँ – हलिउडका सेलिब्रेटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका छन् । घृणा तथा द्वेष फैलाउन विभिन्न प्रोपोगाण्डा र गलत सूचनाहरु फैलाने माध्यम सामाजिक सञ्जाल बनिरहेको उनिहरुको निष्कर्ष छ । यसकै विरोधामा हलिउड सेलिबे्रटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका हुन् । ओस्कार अवार्ड विजेता अभिनेता लियोनार्दो डिक्याप्रियोसहितका दर्जनौँ कलाकार तथा टेलिभिजनकर्मीहरुले […]

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

३१ भाद्र काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्। गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको […]

सुनको मूल्य स्थिर

३१ भाद्र काठमाडौँ – आज बुधबार सुन चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९७ हजार रुपैयाँमा कारोबार भैरहेको […]

डीएसआर मल्टिमिडियाद्वारा अप्ठारोमा परेका ट्याक्सी चालकलाई खाद्यान्न सहयोग

३१ भाद्र काठमाडौँ – डीएसआर मल्टिमिडियाले अप्ठारोमा रहेका ट्याक्सी चालकहरुलाई खाद्यान्न सहयोग गरेको छ । मल्टिमिडियाका प्रबन्ध निर्देशक दिनेश खनालले काठमाडौँमा ट्याक्सी चलाएर दैनिकी गुजारा चलाउँदै आएका ट्याक्सी चालकलाई खाद्यान्न सहयोग गर्नुभएको हो । लामो समय देशमा लकडाउन तथा निषेधाज्ञा हुँदा ट्याक्सी व्यवसायीहरुलाई दैनिकी सत्तचालनमा समस्या परेको देखेर नै सहयोग गरेको हौँ, खनालले भन्नुभयो । […]

सिन्धुपाल्चोक नै केन्द्रविन्द्र बनाएर फेरि अर्काे भूकम्प

३१ भाद्र काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर फेरी आर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको अनुसार बुधबार बिहान ६ बजेर १० मिनेटमा ३ दशमलब ८ म्याग्निच्यूडको अर्काे भूकम्प गएको हो । आज बिहान ५ बजेर १९ मिनेट जाँदा सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । याे पनि […]

खरिपाटी क्वारेन्टाइनबाट कोरोना संक्रमित युवा फरार

३१ भाद्र काठमाडौँ – भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य […]

काठमाडौँमा बिहानै भुकम्पको धक्का, सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु

३१ भाद्र  काठमाडौँ – काठमाडौँमा एकाबिानै भुकम्पको धक्का महुसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलकाे भुकम्प गएकाे  खानी तथा भूगर्भ विभागका सुचना अधिकारी डा. जनकबहादुर चन्दले जानकारी दिनुभयो । काठमाडौं उपत्यका र यसका आसपासको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा धक्का महसुस […]