Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

नख्खुमा बम विस्फोट, ३ जना घाइते, १ जनाको अवस्था गम्भिर

काठमाडौं – ललितपुरमा बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्पथा गम्भिर रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।   घाइइते हुनेमा  प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ । स्थापनाको साढे दुई वर्ष बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । नेपालको संविधानले छ वर्षभित्र भाषासम्बन्धी सिफारिस बुझाउन आयोगलाई कार्यादेश दिएको छ । स्थापना हुँदा डा। लवदेव अवस्थी आयोगका अध्यक्षमा नियुक्त हुनुभएको थियो ।   सरकारले गत महिना आयोगको सदस्यमा उषा हमाललाई नियुक्त गरेको थियो । सात जना पदाधिकारी हुनुपर्ने आयोगले […]

विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

काठमाडौँ – मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको  अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआईबीटी० मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । बढी कमिसन आउने लोभमा परेका […]

एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य

काठमाडौं– एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । […]

सहरभित्रका पेट्रोल पम्प हटाइँदै

काठमाडौँ – सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो । काठमाडौँ महानगरपालिका , ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् । त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ […]

तपस्वी बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

काठमाडौं – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी […]

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

काठमाडौँ – सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ । सूचना तथा सञ्चार प्रविधि […]

कोइराला परिवारमाथि किन खनिए देउवा ?

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै  ‘इगो’ का रूपमा लिइएको छ । देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए । कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति […]

निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन ।  छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिचितकालीन धर्नामा बसेका निर्मलाका आमाबाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बैठकबाटै शुक्रबार १२ बजे निर्मलाबा बाबु यज्ञराज […]

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

काठमाडौं – नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा […]