समाचार
रोजगार ब्यवस्थापन गर्नेका लागि आजदेखि जागिर खुल्यो
काठमाडौं – सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ । श्रम मन्त्रालयले रोजगार संयोजकका लागि आजदेखि आवेदन दिन सकिने बताएको छ । संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ । रोजगार संयोजकले स्थानीय […]
संघीय सरकारको बेरुजु साढ ५३ अर्ब पुग्यो
काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ । प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ । सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड […]
आइएमईले भित्र्यायो १४ खर्ब रेमिट्यान्स
काठमाडौं – रेमिट्यान्स सेवा कम्पनी आइएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको छ । रेमिट्यान्स सेवा प्रदायक संस्था इन्टरनेसनल मनी एक्सप्रेस ९आइएमई०ले १७ वर्षको कारोबारमा १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको हो । सन् २००१ देखि स्थापना भई २०१९ सम्ममा १४ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भत्र्याउन आइएमई सफल भएको हो । आइएमईले पछिल्लो समय दक्षिण कोरिया र […]
इन्फोम्याक्स पोखरालाई मेयरकप उपाधि
सीताराम थापा बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिका वडा न।( १ कुश्मीसेरामा सञ्चालित मेयरकप खुल्ला भलिवलको उपाधी इन्फोम्याक्स पोखराले पाउन सफल भएको छ । सहारा क्लवद्वारा आयोजित जैमिनी महोत्सवको अवसरमा भएको खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा प्रतिद्वन्द्वी बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ कोे अन्तरले पछाडि पार्दै उपाधी जितेको हो । निकै प्रतिस्पर्धा र रोचक भएको खुल्ला भलिवल […]
जैमिनी पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम
बागलुङ – बागलुङको जैमिनि महोत्सवमा भएको पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम भएको छ । प्रदर्शनीमा ल्याईएका बाख्रा तथा बोकाहरु मध्ये नब्बे किलोको बोका प्रथम भएको हो । जैमिनि ९ पैयुथन्थापको देबि प्रसाद शर्माको बोका ९० किलो आकर्षण भएको आयोजकले बताए । यसै गरि जैमिनि ९ पैयुथन्थापको टंक बहादुर थापा ६५ किलोको बोका पर्दशन गरि […]
एटिएमको ताला फुटाउन खोच्ने प्रहरीको नियन्त्रणमा
काठमाडौँ-राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सचिव राकेशकुमार राईलाई लुट्न खोज्ने एक जनालाई राई स्वयंले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बुधबार बेलुकी ललितपुर कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम बुथमा पैसा निकाल्न गएका बेला लुटेरा समूहले राईमाथि आक्रमण गरेको थियो । लुटेरा समूहका एक जनालाई राईले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर सर्लाही रानीगंजका २८ […]
माल्ढुंगामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुःख व्यक्त
बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति दुःख व्यक्त गर्नु भएको छ । म्याग्दीको बेनीबजारबाट नारायणगड जदै गरेको ग १ ख ६१०८७ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । मृतक प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ […]
राजदुत शेर्पा पुनः फर्किइन अष्ट्रेलिया
काठमाडौँ-एक महिनासम्ममा पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पुनः अष्ट्रेलिया फर्किएकी छन । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल पछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । शेर्पा काममा फर्केकी हुन् वा यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भने भएको छैन । केही दिनअघि शेर्पालाई बर्खास्त […]
नेपालिक्स २०१९ को रिपोर्टमा ५५ नेपालीको विदेशमा अवैध लगानी
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत रहेका छन् । करीब तीन हजार दस्तावेज केलाउने काम गर्न खोज पत्रकारीता केन्द्रले झन्डै एक वर्ष लगाएर नेपालिक्स २०१९ सार्वजानिक गरेको छ । जस्मा […]
पर्यटन र स्थानिय उत्पादनमा जोड दिउँ : उपराष्ट्रपति पुन
सीताराम थापा बागलुङ-उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनीलाई एक पर्यटकिय क्षेत्रका रुपमा विकस गर्न सकिने बताउनु भएको छ । बागलुङको जैमिनीमा मंगलबार आयोजना गरिएको जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी ग्रामिण क्षेत्र भए पनि यहाँको स्थानिय उत्पादनमा जोड दिन सके यहाँको पर्यटन प्रबधन गर्न सकिने बतउनु भयो । करीडोरको बाटोले भारत र चिन संग […]


