Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

समाचार

केरुङ-काठमाडौँ रेलमार्ग स्थलगत अध्ययन गर्दै चिनियाँ टोली

काठमाडौं  –  रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए […]

बागलुङमा लैङ्गिक हिंसा बिरुद्द अभियान

विश्व मानव अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियान बागलुङ जिल्लाको दक्षिण भेग जैमिनि नगरपालिकामा यक समारोह बिच जुलुस तथा अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा बागलुङ जिल्लामा मानब हिंसा र गंभिर प्रकारको मानव अधिकार महिला हिंसात्मक घटनाहरु बढेको तर यसको लागि उल्लेखनिय काम हुन नसकेको कार्यक्रममा बोल्ने सहभागिले बताए । कार्यक्रममा बोल्दै जैमिनि नगरपालिका […]

जटिल मोडमा निर्मला हत्या प्रकरण

काठमाडौं –  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान थप जटिल मोडमा पुगेको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषय झन् पेचिलो बनेको हो । निर्मलाको शव भेटिए […]

तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन

काठमाडौं  –  इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै […]

नेपालमा फेरि आठ रेक्टरको भूकम्प आउने खतरा’

काठमाडौं –  नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको […]

चारै राजदूत अनुमोदित

काठमाडौं  – संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् । राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकमा नाम पठाइनेछ । ती मुलुकका सरकारबाट एग्रिमो […]

निर्मला प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने

काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । अहिले प्रहरीले भीमदत्तनगर– १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको […]

निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप

  निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा […]

निर्मला पन्त बलात्कार र हत्या अपराधीनजिक पुग्यौं : प्रहरी

काठमाडौं – प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, […]

निर्मला हत्या प्रकरण : चुरोट तान्न दिँदै बयान लिन थालियो

काठमाडौं – निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो । रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो । लागु औषध दुर्व्यसनी […]