पत्रपत्रिका
जाजरकोटमा गिद्ध गणना
२०, भाद्र जाजरकोट – प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो । जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो […]
अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला
२०, भाद्र काठमाडौं – ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला परेको छ । शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो । उनको हत्याको आशंमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । […]
मौसम पूर्वानुमान : चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती […]
ललितपुरमा कर्फ्यू हट्यो, ५ जना भन्दा बढी भेला हुन नपाइने, आदेश उल्लंघन गरे कारवाही हुने
२० , भाद्र काठमाडौं – जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ । कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी शुक्रबार सो कुरा जनाएको हो । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन […]
भदौ २० गते, शनिबार कुन–कुन राशिका लागि शुभ ?
मेष : स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने बिदेशी सामानको व्यापार व्यावसाय सामान्य गतिमा बृद्धि हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य […]
ललितपुरमा कर्फ्यु जारी : जिल्ला नाका प्रवेश गर्न खोज्ने सवारी साधन फर्काइए (फोटोफिचर/भिडियाे)
१९, भाद्र काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । जारी कर्फ्यु लागू भएसंगै जिल्ला नाकाबाट प्रवेश गर्न खाज्ने सवारी साधन फर्काइएको छ । अति आवश्यक सवारी साधन तथा मानिसलाई पनि कडा चेकजाँच गरी जिल्ला प्रवेश दिइएको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा […]
हेलिकप्टर-निरीक्षणमै ३५ लाखभन्दा बढी खर्च
१९, भाद्र काठमाडौँ – बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै बिहीबार बिहान ६ बजेतिर बागलुङका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी, सशस्त्र र सेनाका जिल्ला प्रमुखको टोली चारवटा गाडीमा घटनास्थलतर्फ हिँडे । गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकप्टरमा घटनास्थल आउँदै गरेको खबर पाएपछि प्रहरी, सशस्त्र र सेनाका करिब २६ जनाको टोली […]
ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु जारी, आदेश उल्लंघन गरे गोली समेत हान्न सक्ने
१८, भदौ काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यो आदेश जारी भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कर्फ्युआदेश जारी भएको जानकारी दिनुभयो […]
बञ्चरो प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या
१८, भाद्र काभ्रेपलाञ्चोक – जिल्लाको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरो प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । अभियुक्त अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको […]
काठमाडौं उपत्यकामा मात्र ३ सय ५७ कोरोना संक्रमित थपिए
१८, भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ५७ संक्रमित थपिएका छन् भने ललितपुरमा ४६ संक्रमित थपिएका छन् । यस्तै […]



