Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

नेकपा महासचिव विष्णु पौडेलको दोस्रो विज्ञप्ती : श्रीमतिको जग्गा बेचेर बालुुवाटारमा ८ आना किनेँ

सवाल सम्वाददाता बाग्मती-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा खरिद गरेको विषयमा अर्को विज्ञप्ती जारी गर्र्नु भएको । शुक्रवारको विज्ञप्तीमा पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटमा रेहेको श्रीमतिको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको पैसाले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको उल्लेख गर्नु भएको छ । छोराको नाममा २०६१ पुस २९ […]

सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्य वास ओलम्पियाड तथा चित्रकला प्रतियोगिता सम्पन्न

काठमाडौं । विश्व पानी दिवसको अवसरमा विभिन्न संस्थाहरूको सह(आयोजनामा  ९वास० ओलम्पियाड तथा चित्रकला प्रतियोगिता एकसाथ सम्पन्न भएको छ । युवा पुस्तालाई पानी, पानी बचावटको महत्त्व र हरेक व्यक्तिसँग सम्बन्धित सरसफाइ प्रति जागरूकता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गरिएको छ । वास ओलम्पियाडमा त्रिचन्द्र क्याम्पसका सुशान्त दाहालले प्रथम, अमृत साइन्स क्याम्पसकी मेलिना तामाङले द्वितीय र […]

कटारीमा तीन घरमा आगलागी

उदयपुर   – कटारी नगरपालिका–१० बेंसीमा रहेको शेरबहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी भएको छ । शुक्रबार साँझ एको आगलागीमा १८ लाख रुपैयाँ बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रवेद राईका अनुसार आगलागीबाट शेरबहादुरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले दुई वटा घर, घरमा रहेको नगद, […]

२०७६ सालमा १५ दिन सार्वजनिक बिदा हुने

काठमाडौं –  सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो । वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको […]

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही नहुने छनक

काठमाडौं – अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई […]

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

कञ्जनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ । सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना […]

१२ वर्षमा मै आमा बनिन् भावना

१२ वर्षमा मै आमा बनिन् भावना गुलरिया –  बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ […]

६४ वर्षपछि श्रम कानुन फेर्दै मलेसिया

काठमाडौं – मलेसियाले श्रम कानुन हेरफेरका अन्तिम तयारी गरेको छ। मलेसिया सरकारले विदेशी कामदारको सही व्यवस्थापन गर्न भर्ना प्रक्रिया, सेवा सुविधा, सुरक्षालगायतमा आधारित ६४ वर्षे पुरानो रोजगारसम्बन्धी ऐन ९१९५५० परिवर्तन गर्न लागेको हो । यसमा उल्लिखित कतिपय ऐन सात वर्षअघि संशोधन गरिएको थियो। उक्त प्रस्तावित ऐन पारित भई लागू भए नयाँ कामदार भर्नासमेत सोहीबमोजिम गर्ने […]

पूर्व – पश्चिम रेलमार्गको डिपिआर नहुँदै हातपात

काठमाडौं –  पूर्व – पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा […]

६ महिनाभित्र काठमाडौंका १४ हजार कुकुरको बन्ध्याकरण गर्ने

काठमाडौं – अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुर बन्ध्यकरण भइसक्नेछन् । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो । हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको छ । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ […]