Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्जली

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ । बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव […]

सरकारी अनुदानको नुन जुम्लामा दोब्बर मूल्यमा बिक्री

जुम्ला । सकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरुले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् । प्रतिकेजी नौ […]

टुँडिखेलमा ७ बजेदेखी ११ बजेसम्म सातैजनाको सामूहिक श्रद्धाञ्जली हुने

काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम टुँडिखेलमा हुने भएको छ । विहिबार गर्ने भनिएको श्रद्धान्जली कार्यक्रम पोस्टमार्टम गर्दा समय अपुग भएपछि शुक्रबार विहान गरिने भएको हो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको […]

किन हुन्छ ताप्लेजुङमा उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटना ?

ताप्लेजुङ – उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् । बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तोरेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना […]

८४२६ प्रहरीले छाडे संगठनः भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो

काठमााडौँ – टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’ चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो […]

बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना

काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ […]

हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन !

काठमाडौँ – बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए । तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको […]

डडेल्धुरामा आगलागी एक बालिकाको मृत्यु, एक घाईते

डडेल्धुरा – डडेल्धुरामा आगलागी भएको छ । आगलागीमा परेर एक जना बालिकाको मत्यु भएको छ भने  एक बालिका गम्भीर घाइते भएकी छन् । मंगलबार राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो । उनकै जेठी छोरी ११ वर्षीया  निरुता थापा […]

नेपालको खोलामा भारतीयको पुल, कच्ची पुलबाट रकम असुल्दै भारतीय

विराटनगर – मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् । यो समाचार आजको नेपाल […]

घुस काण्डमा मुछिएका डिन पाठकलाई कारबाही गर्न माग

विराटनगर । भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोपमा डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्। ७८ लाख भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तीलाई विश्वविद्यालयको डिन पदमा राखिराख्दा विश्वविद्यालयको प्रतिष्ठामाथि नै […]