पत्रपत्रिका
नारी दिवस : उस्तै छ गुपचुप रहेका नारीका दुःख
काठमाडौं – इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै […]
जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, मार्च दोस्रो सातासम्म सम्झौता हुने
काठमाडौँ – जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै […]
२९ वर्षदेखि कोही छिरेनन् वीर अस्पतालको भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश
काठमाडौं – वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको […]
अब अर्काको नामको सिम प्रयोग गर्न नपाइने
काठमाडौं । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ । ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो । अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम […]
सहिदको नाममा सरकारले बाड्यो १ अर्ब ८० रुपैयाँ बढी
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अोली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि अोलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए । ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता […]
महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा
काठमाडौँ – महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहासदेखिकै परम्परा छ । त्यसक्रममा पशुपतिनाथमा लाग्ने मेला भने विशिष्ट र अन्तर्रा्ष्ट्रिय मेला नै हो । भारतमा पनि कुम्भमेला लगायतका धार्मिक पर्वलाई पर्यटक तान्नेदेखि देशको प्रतिष्ठासँग जोडेर मनाइने […]
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको अन्त्येष्टि
काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतक यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको अन्त्यष्टि गरिएको छ । शेर्पाको आईतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित रहनु भएका शेर्पाको अन्त्यष्टिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीको सहभागिता थियो । शेर्पाको अन्त्यष्टिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेस […]
पूर्वमन्त्री भारतमोहन अधिकारीको निधन
काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिन छ ।
कहिले पुरा हुदैँनन् सिस्नेभीरमा अन्तिम सास फेरेका पाइलट केसीको सपना
काठमाडौं – ताप्लेजुङको सिस्ने भिरमा आफ्नो अन्तिम सास फेरेका पालट प्रभाकर केसी काठमाडौँको ताहाचालका स्थानिय बासिन्दा हुन । भर्खरै २६ वर्षको खुट्टकीलो पार गरी रहेका उनी वैशाखमा विवाह बन्धनमा बाधिदैँ थिए । नयाँ घर बनाइरहेका उनी घर फिनिसिंगको काम सक्ने वित्तिकै विवाह बन्धनमा बाधिने सुरमा थिए । तर अब उनको त्यो सपना कहिले पुरा नहुनेगरी […]
को थिए स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी
काठमाडौँ – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वर्गिय रविन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए। नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी पर्यटन मन्त्रीको रुपमा वर्तमान सरकारमा जिम्मेवारी पाएका थिए। आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सधै […]



