Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

पत्रपत्रिका

नातिनीको हत्या अभियोगमा हजुरबुबा हजुर आमा पक्राउ

काठमाडाैँ – आफ्नै नातिनीको हत्या अभियोगमा हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् ।  कञ्चनपुरमा बुधबार हजुरबुबा र हजुरआमालाई नातिनीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ गरिएको हो। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई मारेको आरोपमा प्रहरी कार्यालय झलारीले मृतकका हजुरबुबा र हजुरआमालाई पक्राउ गरेको हो । मृत बालिकाकी आमा ज्योति डगौराले दिएको किटानी […]

यौन दुर्व्यवहार गरेको आरोप लागेका त्रिविका सहायक डिन शाह निलम्बित

काठमाडौँ –  यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका त्रिभुवन विश्व विद्यालयका सहायक डिन बबालाल साहलाई निल्मबित गरिएको छ । उनलाई हिजो विद्यार्थीले कार्यकक्षमै गएर कालो मोसो दलेका थिए भने हिजो नै निल्म्वन गरिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डिन […]

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो । अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ ।   अख्तियारको मागअनुसार मन्त्रालयले […]

म एक पुर्वराजाको सन्तान

इतिहास आधुनिक समाजको ऐना हो । इतिहासविना न कुनै समाजको विकास न यसको उन्नति हुन सक्छ । इतिहास नै समाज विकासको आधारको रुपमा रहेको हुन्छ । खासगरी इतिहासको अध्यनन एक जटिल विषय हो, सबैले इतिहासको अध्ययन गर्न सक्देैनन न त यसको संरक्षण गर्न नै । यद्यपि एक जटिल विषय हुदाँहुदै पनि इतिहासको अध्ययन अनुसन्धान गरी […]

बझाङमा जीप दुर्घटना, २ को मृत्यु

काठमाडौँ –  बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर(धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेका छन् । चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो । […]

ट्याङकरको ठक्करले दुई जनाको मृत्यु

काठमाडौँ –  ट्याङ्करले ठक्कर दिँदा पूर्वी नवलपरासीमा गएराती दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कावासोतीमा दुध बोकेको बा ३ ख ९१५८ नम्बरको ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीय युवराज घिमिरे र ३६ वर्षीय पिताम्बर पाठकको ज्यान गएको हो । मृतक दुवैको वतन खुलेको छ । उनीहरु दुवैजना मध्यविन्दु नगरपालिकाको भएको प्रहरीले जनाएको […]

३० वर्षीया महिलामाथि छुरा प्रहार गरी हत्या

काठमाडौँ  – सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ। डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो। हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रण लिएको छ । मृतक राईका श्रीमान् विदेशमा छन्।

छात्राको कोठामा ‘सुसाइड नोट’

काठमाडौं । भारतीय रेलसँग किचिएर ज्यान गुमाएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएको पर्सा प्रहरीले वीरगन्ज रानीघाटमा छात्राहरू बस्ने कोठा फोरेर खनतलाशी गर्दा सुसाइड नोट फेला परेको हो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार प्रहरीभित्र प्रेवश गर्दा देख्ने ठाउँमा नै सुसाइड नोट राखिएको थियो । […]

लौ मिल्यो त ? पानी पर्छ भनेको त सही मिलाइए छ

काठमाडौँ-पश्चिमी वायुको प्रभावले केहि दिन देशभरि नै प्रभाव पर्ने मौसम पुर्वानुमान महाशाखाको  अनुमान ठ्याक्कै मेल खाएको छ । गत बुधबार बेलुका मैले एक जना मौसम विद संग फोन सम्वाद गरेँ । उहाँले भन्नु भएको थियो, “भोली देखी देशभरि नै मौसममा परिवर्तन आउने छ” ।  उहाँको यो भनाइ मलाई कता कता छेपाराको उखान जस्तै लागिरहेको थियो । […]

रामेछापको सुनपती गाउँपालिकामा अध्यक्ष कै मिलेमतोमा चरम आर्थिक अनियमितता

सवाल सम्वाददाता काठमाडौँ रामेछापको सुनापति गाउँपालिकामा चर्को आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाँउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधि खरिदको ३१ लाख बराबरको रकम आपसी मिलेमतोमा घोटाला गरिएको छ । गााँउपालिका अध्यक्ष धावा लामा, कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य […]