Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

पत्रपत्रिका

अरुण तेस्रो जलविद्युत् आयोजना : अधिकांश कामदार भारतीय

काठमाडौं – ६० वर्षअघि कोसी ब्यारेज बनाउँदा नेपालमा उद्योग धन्दाको विकास भएको थिएन। न त यहाँ टिन थियो, न सिमेन्ट र रड उद्योग नै। निर्माणसँग सम्बन्धित जनशक्तिसमेत पाइँदैनथ्यो। त्यसैले कोसी ब्यारेज बनाउने जिम्मा लिएको भारत सरकारले नेपालमै पाइने प्राकृतिक सम्पदा बाहेकका औद्योगिक उत्पादन र जनशक्तिसमेत सबै आफ्नै उत्पादन प्रयोग गरेको थियो। अहिले संखुवासभामा भारत सरकारकै स्वामित्व […]

जैमिनी पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम

बागलुङ – बागलुङको जैमिनि महोत्सवमा भएको पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम भएको छ । प्रदर्शनीमा ल्याईएका बाख्रा तथा बोकाहरु मध्ये नब्बे किलोको बोका प्रथम भएको हो । जैमिनि ९ पैयुथन्थापको देबि प्रसाद शर्माको बोका ९० किलो आकर्षण भएको आयोजकले बताए । यसै गरि जैमिनि ९ पैयुथन्थापको टंक बहादुर थापा ६५ किलोको बोका पर्दशन गरि […]

एटिएमको ताला फुटाउन खोच्ने प्रहरीको नियन्त्रणमा

काठमाडौँ-राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सचिव राकेशकुमार राईलाई लुट्न खोज्ने एक जनालाई राई स्वयंले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बुधबार बेलुकी ललितपुर कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम बुथमा पैसा निकाल्न गएका बेला लुटेरा समूहले राईमाथि आक्रमण गरेको थियो । लुटेरा समूहका एक जनालाई राईले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर सर्लाही रानीगंजका २८ […]

राजदुत शेर्पा पुनः फर्किइन अष्ट्रेलिया

काठमाडौँ-एक महिनासम्ममा पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पुनः अष्ट्रेलिया फर्किएकी छन । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल पछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । शेर्पा काममा फर्केकी हुन् वा यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भने  भएको छैन । केही दिनअघि शेर्पालाई बर्खास्त […]

पर्यटन र स्थानिय उत्पादनमा जोड दिउँ : उपराष्ट्रपति पुन

सीताराम थापा बागलुङ-उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनीलाई एक पर्यटकिय क्षेत्रका रुपमा विकस गर्न सकिने बताउनु भएको छ । बागलुङको जैमिनीमा मंगलबार आयोजना गरिएको जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी ग्रामिण क्षेत्र भए पनि यहाँको स्थानिय उत्पादनमा जोड दिन सके यहाँको पर्यटन प्रबधन गर्न सकिने बतउनु भयो । करीडोरको बाटोले भारत र चिन संग […]

पिक एन्ड ड्रप : ट्राफिक जाममा कमी यात्रुलाई असहज

काठमाडौं  – महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ । महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत […]

प्रथम जैमिनिमा महोत्सवमा कृषि तथा शिक्षालाई जोड (हेनुहोस् फोटो फिचर)

सिताराम थापा  बागलुङ – जिल्लाको जैमिनिमा प्रथम पटक  सञ्चालन भएको महोत्सवमा कृषि तथा शिक्षा मेला प्रदर्शनी भईरहेको छ । मुख्य आर्कषणको रुपमा मेलामा कृषि तथा शिक्षालाई लिईएको छ । कृषि प्रर्दशनीमा खसी बोका हेर्नेको विशेष भिड रहेको छ। दोश्रो दिन पनि निरन्तर रहेको कृषि पछि शिक्षा मेला प्रर्दशनी अर्को आकर्षणको केन्द्र बनेको छ। विद्यालय स्तरिय शैक्षिक […]

नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु

बागलुङ – नेपाल मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन बागलुङ जिल्लामा शुक्रबारबाट आरम्भ भएको छ । दुई दिन चल्ने कार्यक्रमको  उद्दघाटन समारोहमा प्रमुख अतिथिको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले मगर संघ कुनै जातजातिको विरुद्धमा स्थापना नभएको बताएका छन् । गण्डकी प्रदेश तमुवान, मगराँत, गण्डक प्रदेशको  उद्घाटन गर्दै रोकाले मगर संघले सबै उत्पीडित समुदायको […]

आगलागीबाट मृत्यु भएका आफन्तले पाए एक/एक लाख सहयोग

सिताराम थापा  बागलुङ – ताराखोला गाउँपालिका ४ तारा गाँउमा मंगलबार आगलागी भई मृत्यु भएका व्यक्तिहरुको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन गरी राहात वितरण गरेको छ। उक्त आगलागीमा परी तिन जना बालबालिकाको मृत्यु भएको थियो ।  ज्यान गुमाएका  बालबालिकाहरुको शवको मंगलबार गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको थियो  । दाहसंस्कार कार्यक्रममा मृतकका परिवार, […]

तारा खोलामा भिषण आगलाली, ३ जनाको मृत्यु

सिताराम थापा  बागलुङ – बागलुङ जिल्लाको  ताराखोलामा भिषण आगलागी भएको छ । ताराखोला  गाँउपालिकामा आगलागी भई ३ जना बालबालिका घटना स्थलमै मृत्यु भएको हो।  जिल्लाको ताराखोला गाउँपालिका वार्ड नं. ४ मा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको हो  । ताराखोगाउँ वडा नम्बर–४ तारामा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा रूद्रबहादुर […]