Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

कार्यालय सहयोगी पदको सेवा समूह र पद परिवर्तन गर्ने सरकारको निर्णय

१५ असार, काठमाडौं – सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । असार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सकरारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत […]

बेरुजुका विषयमा सरकारले अपनाएका विधिमा अध्ययन गर्न आवश्यक छ : मन्त्री शर्मा

१५ असार, काठमाडौँ – अर्थ मन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले सरकारको लेखापरीक्षण गर्ने विधि र पद्धतिमा अहिलेसम्म कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले […]

विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने मन्त्रिपरिषद्को निर्णय

१५ असार, काठमाडौं – सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

नवनियुक्त मन्त्रीलाई विवादित काम नगर्न अध्यक्ष नेपालको निर्देशन

१५ असार, काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना मन्त्रीलाई प्रशिक्षण दिनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उहाँले विवादित काम नगर्न निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले सहरी विकासमन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर […]

हाम्रै लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

१५ असार, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् । उनले अब […]

अन्तर्राष्ट्रियस्तरमा भाउ बढ्दा ठेकदारले मल ल्याउन सकेनन् : कृषिमन्त्री

१५ असार, काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकदारले मल ल्याउन नसकेको बताएका छन् । बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का […]

विवादमा तानिएकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार, बुटवल – लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् । जेठ अन्तिममादाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । त्यसबारे छानबिन […]

वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै

१४ असार, काठमाडौँ – नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्न लाग्नुभएको छ । आज दिउँसो ३ बजे काठमाण्डौको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो । राष्ट्रिय सभाका सांसद रहनुभएका गौतम नेपालका वामपन्थी दलहरुको एकै ठाउँमा ल्याउन अभियान चलाउँदै आउनु भएको थियो । गएको शनिबार भएको राष्ट्रिय भेलाले […]

पर्यटनमन्त्री आलेले माधव नेपाललाई बुझाए राजीनामा पत्र

१२ असार, काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने […]

मन्त्रीको नाम हेरफेर हुँदैन, पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन : एकीकृत समाजवादी

१२ असार, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए। मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पार्टीले तय गरेको […]